कमलबिनायक लान्चाफल्चामा बजार अनुगमन


असोज १५, २०८०, सोमबार | विहान ०९:२५ बजे | 25


कमलबिनायक लान्चाफल्चामा बजार अनुगमन

भक्तपुर, १५ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायक लान्चाफल्चामा रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन गरियो । 
अनुगमनमा सुरेश खाद्य स्टोरमा म्याद नाघेको सामानहरु इन्स्टान्ट ड्राई ईक्ष्ट ४ वटा, पूर्णिमा भुजिया लेवल नभएको २ बोरा, रियल जुस १ लि.को १ वटा, कुरकुरे २७ पाकेट, चामल ३ बोरा, पिठो साढे १ बोरा, मसला पोका ६७ पाकेट जफत गरि नष्ट गरी खाद्यान्न विग्रेको, ढुसी परेको र किरा परेको छुट्याएर राख्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बोल्नु भयो । 
के.एम.मार्ट प्रा.लि.मा प्याकेजिड्ड सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रि वितरण र म्याद नाघेको सामानहरु छुट्टै राख्न निर्देशन दियो । 
कमलबिनायक मिनि मार्टमा प्याकेजिड्ड सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु स्ट्रिटा बसिल ९ वटा, आटा २ केजिको २ पाकेट जफत गरी नष्ट गरियो । 
अनुगमन समितिका सदस्यहरु कार्यपालिका सदस्य श्यामकृष्ण खत्री, राशनमैया सुवाल, रिता फसिकवा, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी बिकास श्रेष्ठ, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।

Comments