औद्योगिक प्रशिक्षार्थी दिवस मनाइयो


असोज १४, २०८०, आइतबार | विहान ११:१९ बजे | 60


औद्योगिक प्रशिक्षार्थी दिवस मनाइयो

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयमा सञ्चालित टेक्स कार्यक्रम अन्तर्गतको नयाँ शैक्षिक कार्यक्रम औद्योगिक प्रशिक्षार्थी तालिमको औद्योगिक दिवस च्याम्हासिंह स्थित वागीश्वरी मा.वि.को सभाहलमा पानसमा दपि प्रज्वलन गरी मनाइयो ।
वागीश्वरी माध्यमिक विद्यालयका पूर्व प्र.अ. एवम् टेक्स कार्यक्रमको स्थानिय कार्यक्रम कार्यन्वयन समितिका सदस्य मोहनप्रसाद प्रजापतिले उद्घाटन गर्नु हुदै मेहनत र लगनले मात्रै सफलता पाउने हुदाँ नयाँ प्रशिक्षार्थीहरुलाई बढाई तथा शुभकामना दिनु भयो ।
वागीश्वरी माध्यमिक विद्यालय ंद्द संयोजक ज्ञानसागर प्रजापतिले सस्तो वेसारले पखाला लाग्छ भने झै सत्तही ज्ञानले उद्देश्य पुरा नहुने बनाउनु भयो ।
उक्त कार्यक्रममा इन्स्योर संस्थाका प्राविधिक सहयोगीे रक्षा आचार्यले २४ महिने अप्रेन्टिन्सीपको पढाइ बारे प्रकाश पार्नु भयो । साथै उक्त औद्योगिक दिवसका सभापति एवं वागीश्वरी मा.वि. का प्र.अ. कृष्णप्रसाद धन्छाले टेक्स कार्यक्रमको शुरुवात देखि नै विभिन्न निर्माण सम्बन्धि उद्योगहरुले ओजेटी एवं फिल्ड भिजिटमा साथ सहयोग दिए जस्तै २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम पनि सहयोग पाउने विश्वास व्यक्त गर्नु भयो ।
बागमती प्रदेश परि संघका प्रतिनिधि रमेश थापा, भक्तपुर निर्माण व्यवसायी संघका कार्यालय प्रमुख हरिशरण न्यौपाने, नेपाल इको प्यानलका कृष्णभक्त दुवाल, नेपाल इको प्यानलका प्रतिनिधि, डेशेमरु कन्स्ट्रक्सनका प्रतिनिधिहरुले पनि आ आफ्नो धारणा राख्नु भएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

औद्योगिक प्रशिक्षार्थी दिवस मनाइयो

Comments