नाफामुखी समाज शोषणमा आधारित हुन्छ ः कवां
असोज १३, २०८०, शनिबार | दिउँसो ०३:५८ बजे | 45
भक्तपुर, १३ असोज । “नाफामुखी समाज शोषणमा आधारित हुन्छ । त्यसैले राम्रो काम नहुने र नाफाको लागि अपारदर्शी ढंगले काम गर्छ” उक्त भनाई केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा लुगा धुने सोडा (सर्फ) बनाउने एक दिने तालिमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका ७ नं वडाध्यक्ष उकेश कवाँले तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बताउनु भएको थियो ।
केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा लुगा धुने सोडा(सर्फ) बनाउने एक दिने तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा एक समारोह बीच संस्थाको सभाकक्ष जगातिमा शनिवार सम्पन्न भयो ।
प्रमुख अतिथि कवाँले भारतको केरालामा रहेको लाखौं सदस्य भएको सहकारीहरुले समुह समुहमा बैठक राखेर काम गर्ने बैठकमा सहकारी, अर्थतन्त्र, देशको राजनीति लगायत विषयमा समेत छलफल गरेर देशको चिन्तन गरिरहेको हुन्छ तर नेपालको सहकारी व्याजको लोभमा घरखेत बेचाएर सहकारीमा निक्षेप संकलन भएको सहकारी भित्र धुसेका माफियाहरुले रकम लिएर भाग्दा सहकारीको बदनाम भएको बताउनु भयो । उहाँले सहकारीको पैसा खाएर भाग्दा सहकारी प्रति जनताको विश्वास घट्दा बैंकमा नै निक्षेप गएको बताउँदै राष्ट्र बैंकका कर्मचारीहरुको तलब नै एभेरेष्ट बैंकबाट उपलब्ध गराउने भएपछि सबै तथ्य तथ्याङ्क भारतले लिई रहेको छ भन्नुभयो । यो पुजिवादी सरकारको उद्देश्य भएको उहाँले बताउनुभयो । उहाँले केरालामा भएको सहकारीले लिटो उत्पादन गरेर जसरी बजारिकरण गरिरहेको छ तालिममा लुगाधुने सर्फ पनि कच्चापदार्थ संकलन, उत्पादन, बजारीकरण र वितरण प्रणाली व्यवस्थित गरेर व्यवसायिकरण भए रोजगारी सृजना भई आय आर्जन हुन्छ भन्नुभयो । उहाँले बजारको आवश्यकता अनुसन्धान गरी कुटिल उद्योगहरुको विकास गर्नुपर्ने बताउँदै सीपको सदुपायोग गर्न अनुरोध गर्नुभयो । उहाँले दुई चार सय जम्मा गरी गरिबहरुको आवश्यका पुर्ति गरिरहेको सहकारी नष्ट केहि नबच्ने बताउनुभयो । उहाँले सहकारीहरु भागेकोले व्यवस्थापकहरुको सम्पति रोक्का र उनीहरु सम्पति जायजथ्थाको विवरण मागेको बताउनुभयो ।
कार्यक्रममा संस्थालका सल्लाहकार रामकृष्ण प्रजापतिले सहकारीको सामाजिक कार्यक्रम अन्तर्गत तालिमले स्वरोजगार हुने बताउँदै नौ दिनमा नौलो बीस दिनमा विस्र्यो भने जस्तै नगरी प्रयोगात्मक वा व्यवहारमा प्रयोग गरिरहे सीप उपयोग हुने बताउनुभयो । उहाँले तालिममा सिकेको सिप घर छरछिमेक र सामाजको हितको निम्ति प्रयोग गर्न र ज्ञान जति बाँड्यो त्यति नै बढ्ने बताउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष राजभाइ तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रबन्धक दयाराम तजले र प्रशिक्षक प्रमिला महर्जन र प्रशिक्षार्थि सुनिता श्रेष्ठले पनि बोल्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...