लम्पि स्किन रोगबिरुद्दको खोप आयात
असोज १२, २०८०, शुक्रबार | विहान ०५:५२ बजे | 30
कान्तिपुर भेट डिस्ट्रिव्युर्टस प्रा. लि. ले आफुले आयात गरेको लम्पि स्किन रोग बिरुद्द प्रयोग गरिने खोप आबश्यक मापदण्ड अनुसार गुणस्तरिय रहेको जनाएको छ।
आफ्नो कम्पनिले आयात गरेको लम्पि स्किन खोपको बारेमा बजारमा आएको भ्रामक समाचारहरु प्रति आफ्नो ध्यानाकर्षण भएको बताउदै कान्तिपुर भेट डिस्ट्रिव्युर्टसका प्रमुख कार्यकारी अधिकृत हेमराज बडाल ऋषि्ले आफुहरुले पशुसेवा विभागको आयात निर्यात कार्यविधि २०७३ अनुसार नै पशुचौपायामा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप आयात गरेको बताए। “हामिले आयात गरेको खोप शतप्रतिशत गुणस्तरिय छ ” बडालले भने।
नेपालमा बि स २०७७ असार १० गते मोरंग जिल्लामा पहिलो पटक देखिएको लम्पि स्किन रोग बिशेष गरी गाईहरुमा र कहिलेकाहि भैसीहरुमा समेत देखिने पक्स भाईरस (बिषाणु) समुहको लम्पि स्किन भाईरसले लाग्ने रोग हो। देशैभरी महामारीको रुपमा यो रोग फैलिएर सरकार नै अतालिरहेको अबस्थामा कान्तिपुर भेट डिस्ट्रिव्युर्टसले एकै पटक ठुलो परिमाणमा खोप आयात गरी समयमै किसान समक्ष यो खोप पुग्दा पशुचौपायामा हुनसक्ने सम्भाबित क्षति निकै नै कम भएको दाबी बडालले गर्नुभयो।
“देशभरीका पशुचौपायाहरुमा महामारीको रुपमा लम्पि स्किन रोग फैलिरहेको बेला आफुहरुले समयमै ठुलो परिमाणमा सो रोग बिरुद्दको खोप आयात गरी उपलब्ध गराउदा पशुपालक किसानहरुको क्षति न्युनिकरण भएको छ।” बडालले भने।
“हामीले आयात गरेका लम्पी स्किन रोग विरुद्धको खोप बिक्री भई किसान समक्ष जाँदा उक्त खोपहरू प्रयोगमा आए पश्चात् कुनै पनि पशुचौपायाकोको मृत्यु नभएको र उक्त खोप प्रभावकारी रहेको ब्यहोरा स्वयं सिद्ध छ। ”उनले थपे।
आफुहरु गुणस्तरिय पशु उत्पादनहरु बिक्रिबितरणमा सचेत रहेको बताउदै प्रमुख कार्यकारी अधिकृत बडालले लम्पि स्किन रोगको खोप पनि अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेको गुणस्तरिय खोप रहेको बताए।
“बिगत ३० वर्षदेखि औषधी तथा खोपको आयात तथा विक्री वितरणको कार्य गर्दै आईरहेको पशुपंक्षि क्षेत्रको अग्रणी संस्था कान्तिपुर भेट डिस्ट्रिव्युर्टसले न्यून गुणस्तरको खोप आयात गरि विक्री वितरण गर्ने सवालै रहँदैन ।” बडालले भने।
कम्पनीले लम्पि स्किन महामारी फैलिएको अवस्थामा १० लाख मात्रा खोप खरिद गरेकोमा ९ लाख पचास हजार मात्रा पशुहरूलाई लगाएको र ५० हजार मात्रा कम्पनीमा मौज्दात रहेको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत बडालले जानकारी दिनभयो । यसैगरी कम्पनीले यही असोज ८ गते पशु सेवा विभागबाट थप दश लाख डोज खोप आयातका लागि अनुमति पाएको छ ।
नेपालमा लम्पी स्किन रोग विरुद्धको खोप आयात गर्ने तीन वटा कम्पनीहरु मध्ये आफुले माहामारीको समयमा पशुपालक किसानलाई राहत हुने गरि सबै भन्दा सस्तो मुल्यमा खोप उपलब्ध गराईरहेको बडालले जानकारी दिए।