बेथानचोकका किसानहरुलाई क्यान वितरण


असोज ९, २०८०, मङ्गलबार | विहान ०४:५३ बजे | 180


बेथानचोकका किसानहरुलाई क्यान वितरण

बेथानचोक । दुग्ध उत्पादक कृषकहरुलाई दुध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले बेथानचोक गाउँपालिका वडा नं. ३ का १ सय ५० जना कृषकहरुलाई क्यान वितरण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाका वडैपिच्छे किसान लक्षित गतिविधि सञ्चालन गरिएको बताउनु भयो । वडाको वmृषि तथा पशुपालक किसान लक्षित कार्यक्रमको निरन्तरता स्वरुप यो काम भएको भन्दै किसानका लागि क्यान वितरण कार्यक्रमसँगै पशुआहरका गतिविधि सञ्चलन गर्न वडालाई आग्रह गर्नुभयो । वडा नं. ३ दुग्ध उत्पादनसँगै डेरीको पनि हब बन्दै गइरहेकोले किसान प्रोत्साहन हुने गरी काम गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
सहुलियत दरमा कृषि कर्जा, कृषि बीमा, बजारीकरणका अवधारणा बन्दै गएको भन्दै उहाँले किसानले किसान हुँ भनी गर्व गर्ने खालका कामहरु गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले कृषि उत्पादनको सदुपयोग गरी औद्योगिक विकास, नयाँ नयाँ प्राविधि जोड्दै कृषि उत्पादनका लागि कच्चा पदार्थहरू मल, बीउ, औषधि, प्रविधि र प्राविधिक सेवामा गाउँपालिकाले ध्यान दिदै जाने बताउनु भयो । उहाँले बेथानचोकको हावापानी कृषिका लागि राम्रा भएकोले कृषिबाटै समृद्धि खोज्नु पर्ने कुरा औल्याउनु भयो ।

Comments