ख्वप अस्पताल प्रकरण ः कमेन्ट गर्नुअघि तथ्य बुझ्ने कि ?
2023-09-18 13:02:45
सत्य कुरा थहा नपाई जथाभावी कमेन्टले तातोपानीले जलाउने कार्य हुनेछ । मेरो साथी राद्येश्यामको छोरी मरेकोमा हार्दिक श्रद्धाञ्जी व्यक्त गर्न चाहन्छु । र उहाँको स्वर्गमा बास होस् भने कामना गर्दछु । तर त्यसैको मामा भनाउँदाले ख्वप अस्पताललाई लान्छाना लगाई लेखेको देख्दा निजको सराप निजलाई नै निश्चित रुपमा लाग्ने छ । निजले अन्याय गरी कतिको मुद्दा विगारेको छ नै त्यसमाथि समदर्शी सहकारीमा उसको मनोपोली अथवा उसले कसलाई ऋण दिन नदिने उसको हातमा । त्यतिमात्र होर समिति उपसमिति सल्लाहकार कसलाई राख्ने नराख्ने उसको हातमा । कतिको पैसा खाएर जग्गाको कारोबार गरी बेघर बनाई दिन मान्छेले आज गरिबहरुलाई सेवा दिई रहेको ख्वप अस्पतालमाथि अनेक लान्छाना लगाउँदा कुकुरलाई ध्यु नपचेको र सुगुरलाई स्वर्ग लान्छु भन्दा फोहर खान पाईन्छ ? त्यहाँ भनेर सोधेको बच्चा बेला सुनेको कथा याद आयो । त्यसमा पनि निज हरिरामले लेखेकोमा होमा हो मिलाउने पनि धेरै देखें । कुरा बुझेर मात्र कमेन्ट गर्दा राम्रो हुने थियो । हिलो छ्याप्ने कार्य र धमिलो पानीमा माछा मार्ने कार्य गर्न खोज्नु निजलाई नै घाटक हुन्छ । राद्येश्यामको छोरी २०८० असार २२ गते डण्डिफोर आएर देखाउन आएको, दोश्रो पटक श्रावण २ गते, तेश्रो पटक श्रावण १४ तीन दिन र एक दिन विराएर चौथो पटक श्रावण १७ ज्वरोको लागि भर्ना ४ दिनमा चित नबुझि २१ गते रिफर लिएर गएकोमा त्यसपछि बि एण्ड बि र पाटन अस्पतालमा देखाएर ३१ गते निघन भएको विषयलाई हरिरामले राजनीति गर्न खोजेको मलाई आभास भयो । हुन त म पनि नेमकिपाको होइन तर जनतालाई सस्तोमा उपचार गरिरहेको अस्पताललाई अनावसनाब लेखेपछि मलाई पनि यो पाठक पत्र लेख्न बाद्य भयो । राद्येश्यामको छोरी ओभर डोज वा गलत औषाधि दिएको होइन । उसको रोग अनुसार नै औषाधि दिएकोमा बि एण्ड बि अस्पतालमा जाँच गर्दा बिस्तारै निको हुँदै गएकोलाई त्यहाँ विभिन्न चेक जाँच गराउँदा लाखैंको चेक जाँच गराएकोले रिफर मागि अस्पतालमा फिर्ता भएको थियो । विदेश जाने जाँचको लागि बि एण्ड बिबाट फर्किन्दा पानीले रुझेर समेत आएको थियो । त्यहाँ डाक्टरले मेडिसिनको हाइपरसेन्सिटिभ पोष्टिन भएको हुन सक्ने लेखेकोलाई गलत व्याख्या गरी ख्वपले ओभर डोज र गलत औषाधि दिएको भनि बदनाम गर्न खोज्नु सर्वथा गलत हुने छ । तर त्यसको अर्थ ख्वप अस्पतालको बेतिथिलाई भने सपोर्ट गरेको पकै होइन । सुधार गर्नु पर्ने धेरै छ । सस्तो र राम्रो भएर धेरै विरामीको चापले गर्दा सुव्यवस्थित हुन नसकेकोमा दुई मत छैन । तर त्यसैलाई निजि अस्पतालहरु नचलेको बेला यस्तो कुरा उठाउँदा निजि अस्पताललाई पोस्नेहरुको पनि धेरै हात हुन्छ र अनावसनाब लेख्नेहरु पनि त्यसबाट संचालित होकि भने मलाई लागेको छ । बिएण्डबिमा उपचार मंहगो र बाथ रोग पाटन अस्पतालमा राम्रो हनुे भएकोले पाटन अस्पतालमा उपचार हुदैँ गर्दा निघन भएकोले व्यक्तिलाई त्यसरी भक्तपुरका जनताको अपमानित हुने गरी गतल प्रचार गर्नु कतिको जायेज हो । सोच्नु पर्ने विषय हो । मैले सुनेको हरिराम भन्ने व्यक्ति सहकारीमा हिनामिना गरेकोले अख्तियारबाट पत्र आउँदा नगरपालिकाले भक्तपुर नगरबासीहरुको बेइज्जत हुन्छ भनेर कावाई नगरेको हल्लापनि सुनेको मान्छे थियो । त्यस्ताको पछाडि लागेर होमा हो मिलाउने सबै दोषिका भागिदार हुनेछ । डाक्टर पनि भगवान होइन जे पढेर आएको छ त्यहि अनुसार उपचार गर्ने हो । सत्रुलाई त नियतबस त्यस्तो नगर्ने डाक्टरहरुलाई सराप्नु आफैलाई सरापेको मैले अनुभवन गरें । जे भएको हो भोलि त्यसको सत्य पकै बाहिर निस्केने छ । हरिरामले राजनीतिक रंग दिन खोजेको हो वा अस्पताललाई सुधार्न खोजेको हो ।
एक नगरबासी
टेज थापा
प्रतिक्रिया