शासक वर्ग उफ्रिन्छ खाल्डोमा
असोज १, २०८०, सोमबार | दिउँसो १२:४६ बजे | 40
तुल्सी नारायण लाखेमरु
बाघ उफ्रिन्छ झारमा । जनताले जति भने पनि कान नै सुन्दैन । जनता मरे पनि के भयो? भनेर न कार्यकर्ता न कोहि नेताहरु पनि आएन । हुतित्याउको खुटा देखि चाल पाए जस्तै सानै देखि लाएको बानी । भस्मासुरलाई महादेवले वरदान दिए जस्तै भयो । शासन सट्टामा पु¥याउन एक ठाउ बाट अर्काे ठाउमा पुग्नलाई जिल्ला जिल्लाको कांग्रेस, एमाले, माओवादि सबै पार्टिहरुले घम्साघम्सी यज्ञ व्यत्ति इमान्दारीता हुने पर्ने थियो त्यो भएन । गलन प्रविति भए पछि कस्को के लाग्छ । भोज भतेर गर्छन जाड रक्सी खुवाउछन् । एक भोटको ५०००–६००० मा किन्छन् । डढेल्धुरामा पनि शेर बहादुर देउवाले पाच पटक प्रधानमन्त्री बन्न पैसा कै शक्ति देखाएका छन् । न कुरा सुन्ने हो न कुरा बुझ्ने हो । जहिले बोल्दा पनि नुन नभएको तरकारी जस्तै भएको छ । चरित्र राम्रो भए सारा ठाउमा चित्र राम्रो हुन्छन् । शासक वर्गको हालत त्यस्तै देखिएको छ । ठुलो पार्टिहरु कांग्रेस, एमाले र माओवादिहरु समेत जस्तो नेता उस्तै कार्यकर्ता । दुधको साक्षी बिरालो र काल पर्खनु बुढि मरुन भन्ने जस्तै हिजोको दिनमा मासु र भात मा लठ्ठ परेर इज्जतको ख्याल भएन । आज आएर मल एक बोराको रु ३०००–४००० तिर्न प¥यो । एक भोट को ५००० मा बेचेको बल्ल आज आएर थाहा पाइयो । के गर्न कति सज्जन मान्छेले इमान्दारी पूर्वक मेरो उम्मेदवार मेरो छोरा जस्तो चन्द्र सूर्य जस्तो पार्टि होस भनेर मनको भाव उनी माथि खनि खाइ नखाइ भोक प्यास नभनि यज्ञ व्यक्ति बनोस् भनेर मैले हाता नाता लाई अहिले एक पटक तपाई हामी मिलेर पुल बनेर पुलको काम गर्नु छ भनेका थिए तर सपना जस्तै भयो । श्रमदान गरेको सारा काम तुसारा पात भयो । हरि बिजोक भईदियो । देशको लागि माया गरेको सर्पलाई मिट बनाए जस्तो भयो । आज आएर मेरो देश भ्रष्ट भयो कुन समयमा सर्पले दस्ने हो थाहा पायो । यहाँ इमान्दारी डाक्टर, इन्जीनियर विद्वानहरु आलुबारीमा ख्याक जस्तै भईदियो । अझै पनि म मरे पनि देश द्रोहीहरु अपराधीलाई छाड्नु हुदैन । एम.सि.सि पास गर्नेहरु शैतान हो । जस्तै धरानमा गाई–गोरु काटे देशै भरि आलोचना भए जस्तै एम.सि.सि मा पनि आवाज उठ्न पर्ने हो । तर किन उठेनन् । एम.सि.सि. पास गर्नेलाई पशुपति मन्दिरमा प्रवेश निषेध गर्नु पर्ने हो । भोलिको सन्ततीलाई माया नगर्नेलाई देश निकाला गर्नु पर्छ । छाती ठोकेर पास गर्ने कांग्रेसको के बुद्धी होला । अलिकति जन भावना भएको एमालेको बुद्धि कसरी निदायो होला । माओवादीको बाध्यत्मक चरित्र हिन काम कस्ले नबुझेको हो र । भुटानी शरर्णाथी प्रकरण, ललिता निवासको जग्गा प्रकरण, १०० के.जी. सुन प्रकरण साचो अर्थमा हामीले गठबन्धन भनेको देश बेच्नेहरुलाई बचाउनको लागि कानुन नलाग्ने । देश द्रोही माधव नेपाल, बाबुराम भट्टराइ, आरजु देउवाहरुलाई कानुन कहिले लागेन । तल्लो वडामा बस्ने मान्छेलाई कानुन लाग्ने ठुला वडा बस्नेलाई कानुन नलाग्ने कस्तो संविधान र कस्तो न्यायलय । जनताको पिर मार्का नै नबुझ्ने त्यो शासक वर्ग नै होइन । ढिलो चाडो राम्रो नराम्रो पर्दाफास हुन्छ । अर्काको आङमा जुम्रा हिडेको देख्ने आफ्नो आङमा भैसी हिडेको नदेख्ने । दशै आयो खाउला पउिला ढक्त पापी म छुट्टै बसौला ।