चिनिया निजी क्षेत्रको उच्च स्तरीय टोली भक्तपुरमा
भदौ २९, २०८०, शुक्रबार | विहान ०८:१६ बजे | 35
भक्तपुर । चिनिया“ निजी क्षेत्रको उच्च स्तरिय टोलीलाई भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा एक कार्यक्रमकाबीच भाद्र २८ गते स्वागत गरेको छ । उक्त अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धर र उपाध्यक्ष श्री कविदास श्रेष्ठले फूलको माला सहित भक्तपुर दरवार स्क्वायरमा स्वागत गरेका हुन् । सो क्रममा भ्रमण टोलीलाई परम्परागत धिमेबाजा सहित भक्तपुरका पर्यटकिय क्षेत्रहरुको अवलोकन गराईएको थियो ।
पर्यटकिय क्षेत्रहरुको अवलोकन पश्चात् भएको छलफल कार्यक्रममा भ्रमण टोली र चेम्बरका पदाधिकारीहरुबीच चिनिया“ जनताहरुमाझ भक्तपुरको प्रचार प्रसार गर्ने, चिनिया“ लगानी आकर्षित गर्ने, नेपाली उत्पादनहरुको चीनमा प्रवद्र्धन गर्ने लगायत चिनिया“ कृषि प्रविधि नेपालमा भित्र्याउने विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्ल, उपाध्यक्ष श्री दिपक कुमार मल्होत्रा लगायतका केन्द्रीय पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । उक्त चिनिया“ व्यवसायीहरुको टोली भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य श्री रोशन भोयद्योको निमन्त्रणामा भक्तपुर भ्रमणमा आएका हुन् ।
फाेटाेमा हेर्नुहाेस्...