नकुल थापालाई कर्मशिलता पुरस्कार


असोज १२, २०७७, सोमबार | विहान ०१:३२ बजे | 70


बनेपा । शव्दयात्रा प्रकाशन बनेपाले बनेपामा एक साहित्यिक कार्यक्रम सम्पन्न गरयो । काभ्रे जिल्ला समन्वय समितिका अध्यक्ष उद्धब केसीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम शव्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जश्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नकुल थापालाई कर्मशिलता पुरस्कार तथा प्रमाणपत्र र नगद रु १० हजार प्रदान गरिएको थियो । थापाले आफूलाई प्रदान गरिएको १० हजारमा रकममा आफूले एक हजार एक सय ११ रुपैयाँं थप गरी सोही कार्यक्रममा उक्त रकम शव्दयात्रा प्रकाशनलाई नै फिर्ता गरिदिनुभयो ।
कार्यक्रममा केदारनाथ तिमिल्सेनाको लेख संग्रह परिवर्तन नामको पुस्तक पनि सार्वजनिकीकरण गरिएको थियो । उक्त पुस्तकको बारेमा साहित्यकार श्री पदम दाहालले टिप्पनी गर्नुभयो । कार्यक्रममा शव्दयात्रा प्रकाशनलाई विभिन्न प्रकारबाट सहयोग प्रदान गर्दै आएका १० जना महानुभाबहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।  

Comments