नेपाल इको प्यानल गुणस्तरमा मजबुद
भदौ २३, २०८०, शनिबार | दिउँसो ०१:१२ बजे | 60
नेपाल इको प्यानलले गुणस्तरमा मजबुद भएकाे प्रमाण पाएको छ । इको प्यानलले प्रतिष्ठित आइएसओ प्रमाणपत्र प्राप्त गरी मजबुदीको प्रमाण पाएको हो ।
इको प्यानलले गुणस्तर व्यवस्थापन प्रणालीहरूको लागि आइएसओ ९००१ः२०१५ पाएको हो । साथै, पर्यावरण व्यवस्थापन प्रणालीहरूको लागि आइएसओ १४००ः२०१५ र व्यावसायिक स्वास्थ्य र सुरक्षाको लागि आइएसओ ४५००ः२०१८ प्राप्त गरेको छ ।
यस उपलब्धिले नेपाल इको प्यानलको सञ्चालनका विभिन्न पक्षहरूमा उत्कृष्टताप्रतिको अटल प्रतिबद्धतालाई जोड दिएको कम्पनीले जनाएको छ । यी प्रमाणपत्रहरूतर्फ कम्पनीले वातावरणीय प्रदूषणलाई न्यूनीकरण गरी आफनो उत्पादन गरेको प्रष्टाएको हो । साथै आफ्ना कर्मचारीहरूको कल्याणलाई प्राथमिकता दिँदै उत्कृष्ट उत्पादनहरू र सेवाहरू प्रदान गर्ने गरेको पनि यी आइएसओले गरेको कम्पनीको भनाई छ ।
आइएसओ ९००१ः२०१५ प्रमाणीकरणले नेपाल इको प्यानलको बलियो गुणस्तर व्यवस्थापन प्रणालीलाई मान्यता दिएको छ । यसले उत्पादन र सेवाहरूमा निरन्तर रूपमा ग्राहकको आवश्यकता र अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गरेको सुनिश्चित गर्दछ, कम्पनीले भनेको छ । आइएसओ १४००ः२०१५ प्रमाणीकरणले वातावरणीय स्थिरतामा संगठनको समर्पणलाई मान्यता दिएको जनाएको छ ।