ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रविन्द्रराज ताम्राकारद्धारा अध्यक्षको दावी
भदौ १२, २०८०, मङ्गलबार | दिउँसो ०३:२० बजे | 30
ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रविन्द्रराज ताम्राकारद्धारा अध्यक्षको दावी गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उहाँंले अध्यक्षको उम्मेदबारी घोषणा गर्नुभएको छ ।
प्रेस विज्ञप्ति
आज मेरो छोटो अवधिमा गरेको निमन्त्रणालाई स्वीकार गरेर यहाँ उपस्थित हुनुभएकोमा पत्रकार मित्रहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
ललितपुर उद्योग वाणिज्य संघको विभिन्न तहमा रहेर मैले करिब तीन दशक समय निजी क्षेत्रको हितका साथै उद्योग व्यवसायीहरुको हितमा काम गरेको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु । २०२३ सालमा स्थापित ललितपुर उद्योग बाणिज्य संघमा वि.सं. २०५१ सालमा सदस्यता लिएपश्चात विभिन्न कार्यहरुमा समाबेश भएर उल्लेख्य काम गर्दै आएको छु ।
मैले पूर्वअध्यक्षद्धय नरेश कुमार श्रेष्ठ र मृगेन्द्रमान प्रधानको कार्यकालमा कार्यसमिति सदस्य तथा संगठन विस्तार तथा प्रचारप्रसार संयोजक रहेर सफलतापूर्वक काम गर्ने अवसर पाएँ ।
त्यसैगरी अजरमान जोशीको नेतृत्वमा बनेको कार्यसमितिमा प्रथम उपाध्यक्ष र सविन श्रेष्ठ अध्यक्ष रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा रहेर पदीय भूमिका अनुसार जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्न सफल भएँ ।
मैले मेरो परिवारले पुस्तौदेखि गर्दै आएको तामा पित्तल व्यवसायमा संलग्न रहेर हस्तकला क्षेत्रका साथसाथै विभिन्न सामाजिक कार्यहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छु ।
सामाजिक क्षेत्रमा शुरुवाती क्रममा नमुना मच्छिन्द्र मा विको पूर्वविद्यार्थी संघको अध्यक्ष पदमा दुई कार्यकाल रहेर मैले धेरै उल्लेख्य काम गर्ने अवसर पाएँ । चक्रवर्ती पुस्तकालय तथा चक्रवर्ती युथ क्लवमा दुई÷दुई कार्यकाल अध्यक्ष भएर सेवा गर्ने अवसर पाएँ । यी कार्यहरुमा मैले भूमिका निर्वाह गर्दा सबैबाट सहयोग, सद्भाव र प्रसंशा पाएँ । यसैले गर्दा पनि मलाई सामाजिक कार्यमा लाग्ने उत्प्रेरणा जागिरह्यो । २०५७ सालदेखि ताम्रकार समाजको विभिन्न पदमा रहेर दुई कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरेर गत वर्ष मात्रै सफलतापूर्वक पद हस्तान्तरण गर्न सफल भएँ । मैले ताम्रकार समाज मार्फत ललितपुरका विभिन्न जातीय समाज, खलः पुचः हरुबीच आपसी समन्वय र सद्भावको वातावरण बनाई भाषा, संस्कृति संरक्षणमा पनि लामो समय खर्चिएको छु । यस आधारमा पनि यहाँको स्थानीय परिवेश, आवश्यकतासंग मेरो सामिप्यता रहेको छ ।
मेरो नेतृत्वमा ताम्रकार समाजको ‘‘मंकाः छें’’ को निर्माण, जेष्ठ नागरिक सम्मान, शैक्षिक सम्मानलगायत धेरै महत्वपूर्ण तथा सृजनात्मक कामहरु सम्पन्न भए ।
संघले ललितपुर उपमहानगरपालिका र ज्यापू समाजसंग मिलेर २०६९ चैत्र १५ गते विहीबार देखि चैत्र २१ बुधबारसम्म आयोजना गरेको ललितपुर महोत्सवको सदस्य सचिव रहेर काम गरेँ । मैले २०७५ सालमा संघको अग्रसरतामा लोपन्मुख खड्गजात्रा (पायः जात्रा) पुनःजागरण गर्ने कार्यमा सक्रिय भएर लागेको थिएँ । स्वर्गीय बेखानाथ श्रेष्ठको अग्रसरतामा २०२३ साल चैत्र ४ गते स्थापना भएको संघमा विसं २०६६ सालदेखि हरेक वर्ष चैत्र ४ गते उद्योगी, व्यवसायीहरु भेला भएर संस्थापक र अग्रजहरुलाई स्मरण गर्दै स्थापना दिवस मनाउने परम्परा शुरु गर्नुपर्ने जोड दिएको थिएँ ।
व्यवसायीको अतिरिक्त मैले ललितपुरको धार्मिक, सांस्कृतिक र सामाजिक विशेषतालाई संरक्षण र प्रर्वद्धन गर्ने कार्यका साथै सामाजिक हितमा दत्तचित काम गरेको छु ।
सामाजिक क्षेत्रमा रहेर मैले पु¥याएको योगदान र ललितपुर उद्योग वाणिज्य संघमा रहेर मैले निर्वाह गरेको भूमिकाको आधारमा यही असोज १९ र २० गते हुने ४४ औं साधारणसभामा नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि मैले आफूलाई अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गरेको छु । ५६ वर्षको इतिहास बोकेको संघमा विभिन्न समयमा मैले पु¥याएको योगदानको आधारमा आफूलाई उक्त पदका लागि योग्य ठानेको छु ।
संघमा २८ वर्षभन्दा बढी समयदेखि विभिन्न पदमा रहेका निर्वाह गरेको सक्रिय भूमिका र विगतमा संघमा रहेर उद्योगी, व्यवसायीहरुको हितमा गरेको काम र खेलेको भूमिकाको आधारमा संघको विशेषता, चुनौती र अवसरलाई सूक्ष्म रुपमा केलाउने सक्ने, अग्रज र अनुभवीहरुलाई साथसाथै लिएर नयाँ पुस्तालाई पनि समेटेर जान सक्ने क्षमता मसंग रहेको छ । आम व्यवसायीमाझ स्वच्छ छवि भएको व्यक्तिको रुपमा परिचित छु भन्ने मेरो दावी छ ।
मैले निजी क्षेत्रको मुद्दा र समसामयिक सवालमा विभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा आफ्ना बिचार र धारणाहरु लेख्दै पनि आइरहेको छु । आफ्नो समग्र, अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडको रुपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वसहित व्यावसायिक हितको सवालमा अघि डोहो¥याउने मुख्य लक्ष्य लिएर निर्वाचनमा होमिएको छु । मेरो जीवनको अधिकाशं समय उद्योग र वाणिज्य क्षेत्रमा बिताइसकेको छु । मेरो ध्येय र एजेण्डा अहिलेसम्मको कार्यले देखाइसकेको छ । अब एक पटक अध्यक्ष भएर संघको इतिहासको गौरवलाई कायम राख्दै संघको उचाईलाई माथि पु¥याउने दृढता रहेको छ ।
अतः संघको यही असोज १९ गते शुक्रबार हुने संघको ४४ औं अधिवेशनमा अध्यक्ष पदमा निर्वाचित गराउनका लागि तपाईहरुको सञ्चार माध्याम मार्फत सम्पूर्ण सदस्य व्यवसायीहरुलाई हार्दिक अनुरोध गर्दछु ।