निर्माण व्यवसायी संघ चागुनारायणको संयोजकमा राधेश्याम बानिया
भदौ ११, २०८०, सोमबार | विहान १०:३० बजे | 55
भक्तपुर । निर्माण व्यवसायी संघ चागुनारायण नगर कमिटीको संयोजकमा राधेश्याम बानिया चयन हुनु भएको छ । बानिया नगर संयोजकमा निर्विरोध निर्वाचित हुन भएको हो ।
निर्माण ब्यबसायी संघ भक्तपुरको भाद्र ९ गते सम्पन्न २१ औ साधारणसभा तथा ८ औ अधिबेशनमा निर्वाचित बानियासहित अध्यक्षमा विजयकुमार देउजा सर्वसम्मत वरिस्ठ उपाध्यक्षमा, रत्नप्रसाद सुवाल सर्बसम्मत उपमहासचिवमा, विमलकुमार शिल्पकारसहित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुसहित १७ जना रहेका छन् ।
निर्माण व्यवसायी संघ भक्तपुरको २१ ओैँ साधारण सभा तथा ८ ओैँ जिल्ला अधिवेशनबाट आफूलाई नगर संयोजक पदमा सर्वसम्मत निर्वाचित गर्नको लागि साथ दिने अग्रजहरु, अनन्य मित्र, दाजुभाइ तथा दिदीबहिनीहरुमा सम्मान दर्शाई सहयोग गर्नहुने सम्पूर्णलाई मनदेखि हार्दिक आभार प्रकट गर्नुभएको छ । साथै उहाँले निर्माण व्यवसायलाई अझ धेरै पेसागत र मर्यादित बनाउन निरन्तर लागिरहने बताउदै सदैब सहयोग र सद्भाबको अपेक्षा राखेको बताउनुभयो ।