नेपालमा डेंगी संक्रमितको संख्या १९ हजार नाघ्यो
भदौ १०, २०८०, आइतबार | विहान ०६:२६ बजे | 25
नविना श्रेष्ठ यो वर्ष (सन् २०२३) नेपालमा डेंगी संक्रमितको संख्या १९ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट २५ सम्म ११ हजार २७० जनामा संक्रमण पुष्टि भएको तथ्यांकले जनाएको छ। भने यो तथ्यांकले दैनिक ४५० जनाभन्दा बढीमा डेंगी संक्रमण भएको देखाउँछ । गएको जुलाईयता संक्रमणका कारण १३ जनाको मृत्यु पुष्टि भएको देखाइएको छ। कर्णालीबाहेक सबै प्रदेशमा संक्रमितको संख्या १५० सयभन्दा माथि रहेको र सबैभन्दा धेरै कोसी प्रदेशमा १४ हजार ३६९ जना संक्रमित भएका छन् । वाग्मती प्रदेशमा दुई हजार ९९९ जना संक्रमित भएको छ।भने मधेसमा १८४, गण्डकीमा ६३५, लुम्बिनीमा ३४५, कर्णालीमा ४१ र सुदूरपश्चिम प्रदेशमा ५४० जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । वाग्मतीका धादिङ, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि डेंगी संक्रमण निरन्तर बढिरहेका छन् ।धादिङमा संक्रमितको संख्या दुई हजार पाँच पुगेको छ । त्यसैगरी काठमाडौं उपत्यकाका तीन जिल्लामा ६९६ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक जनाएको छ