तामाङ रिमठीम पर्यटन संजालमा सरिता (पदाधिकारीहरुको नामसहित)
भदौ १०, २०८०, आइतबार | विहान ०५:५० बजे | 30
काठमाडौं । पर्यटन क्षेत्रमा सक्रिय तामाङ समुदायका व्यवसायी र पर्यटन पेशाकर्मीहरुको साझा संस्था ‘तामाङ रिमठीम पर्यटन संजाल’को दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।
काठमाडौंमा भएको साधारण सभाले अध्यक्षमा सरिता लामा, वरिष्ठ उपाध्यक्ष दोर्जे तामाङ, उपाध्यक्ष ऋतु ग्यामदान, महासचिव नरध्वज तामाङ (क्षितिज), सचिव बिजय तामाङ, कोषाध्यक्ष कुमार लामा, सह–कोषाध्यक्ष बिश्वराज तामाङ निर्वाचित भएका छन् ।
सदस्यहरूमा रबि लामा, हिमाल तामाङ, प्रकाश लामा, अमृत थोकर, शान्ती तामाङ, पुष्कर तामाङ, टीका ब. तामाङ, दावा तामाङ, प्रदिप कुमार तामाङ र पासाङ धुन्दुप तामाङ निर्वाचित भएका छन् ।
काठमान्डौँ गार्डेन होम ठमेलमा सम्पन्न भएको साधारणसभाले महासचिव छेटुप तामाङ र कोषाध्यक्ष ऋतु ग्यामदानको बार्षिक प्रतिबेदन पारित गर्दै आगामी बर्ष ०८०÷०८१ को लागि सातबुँदे कार्ययोजनासमेत पारित गरेको छ ।