भीम आदर्शमा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण


भदौ ६, २०८०, बुधबार | दिउँसो ०३:३४ बजे | 25


भीम आदर्शमा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का सामुदायिक स्वास्थ्य वडा नर्स सन्दिपा नागाजूले डेङ्गु तथा आँखा पाक्ने रोग सम्बन्धी विद्यार्थी तथा शिक्षकहरुलाई सचेतना सम्बन्धी जानकारी दिनुभयो । उहाँले लाम्खुट्टेको टोकाईबाट बच्ने उपायको जानकारी दिँदै आँखा पाक्ने रोगबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका उपायहरुको चर्चा गर्नुभयो । गत भदौ ४ गतेदेखि ८ वडामा सुरु भएको सचेतना कार्यक्रम अन्तर्गत विद्यालयमा संचालन भएको उक्त सचेतना कार्यक्रममा वडा सदस्य सुमित्रा बोहजू तथा स्वास्थ्य स्वयम्सेवीका रत्नमाया खायमली लगायत कक्षा केजी देखि ७ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको छ ।

फाेटाेमा हेर्नुहाेस्...

भीम आदर्शमा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

Comments