वडादशैंलाई लक्षित गरेर बनेपा महोत्सव हुने


भदौ ३, २०८०, आइतबार | विहान ०५:१७ बजे | 45


वडादशैंलाई लक्षित गरेर बनेपा महोत्सव हुने

बनेपा– काभ्रे जिल्लाको ब्यापारीक केन्द्र बनेपामा हिन्दुहरुको महान पर्व वडादशैंलाई लक्षित गरेर महोत्सवको आयोजना गरिने भएको छ ।  ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ ‘बनेपा महोत्सव–२०८०’ को चौथो संस्करण असोज १९ गतेदेखि कार्तिक ४ गतेसम्म आयोजना गरिने भएको हो ।
महोत्सव बनेपा ब्वाईज क्लबले आयोजना गर्न लागेको महोत्सवकोव शनिवरा एक पत्रकार सम्मेलन मार्फत जानकारी दिएको थियो । क्लबका अध्यक्ष महेश कर्माचार्यले महोत्सवले काभ्रे जिल्लाको सुन्दर तथा व्यापारिक नगरी बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकलालाई प्रवर्द्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले विजयादशमी तथा शुभ दीपावलीको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागिएको बताए ।

Comments