ब्याजको लोभमा स्थानीय सहकारीको रकम झिकेर बाहिरिया सहकारीमा नराखौ
भदौ ३, २०८०, आइतबार | विहान ०४:४५ बजे | 30
भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि महिला उपसमितिको आयोजनामा महिला दीदी बहिनीहरुको गोला समूहको बनभोज कार्यक्रम कमलविनायक पोखरी यातु गणेश नजिकको कमलविनायक पिकनिकस्थलमा सम्पन्न भयो । सो कार्यक्रममा प्रमुख अिितथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप कलेजमा कानुनकोगत बर्षदेखि कक्षा शुरु भयो । अरु ठाँउमा वकिल पढन ११ लाख रुपैंया पर्छ । ख्वप कलेजले ४ लाखमा पढाउँछ । वकिल पढाउन १२० कोटा माग्दा ख्वप कलेजलाई ४७ कोटामात्र उपलब्ध गरायो । ख्वप बिश्व विद्यालय किन दिएन थाहा छ ? भनि अरु दलका कार्यकर्ताले भक्तपुर भ्रमण गर्दा प्रश्न गरेको र जवाफ पनि उनीहरु नै दिन्छन । भक्तपुर नगरपालिकालाई एक जातिय कारण ख्वप बिश्व विद्यालय दिएन । दोश्रो कारण नेमकिपा सरकारमा गएर भाग वण्डा गर्दैन त्यसैले नदिएको हो भन्यो । भक्तपुरको जुनसुकै विद्यालय वा कलेजमा पढने विद्यार्थीमा ६० प्रतिशत छात्रा र ४० प्रतिशत अध्ययनरत रहेका छन । छात्रहरु काम खोज्न विदेश गए तसर्थ १०÷२० बर्षपछि सांसद, स्थानिय निकायका मेयर र उपमेयर कलेजका प्राचार्य र विद्यालयका प्रधानअध्यापक र हरेक संघ संस्थाको नेतृत्वमा छात्रा पुग्न गरी ेसमाज रुपान्तर हुन्छ भन्नुभयो ।
मेयर सुनिल प्रजापतिले नेपालभर ४००० नर्स कोटा भएकोमा २२३ वटा स्वास्थ्य सम्वन्धि शैक्षिक संस्थाहरु खारेज गरी १७०० कोटामात्र बाँकी भएको छ । नेपाल सरकारले विद्यार्थीलाई भारत लगायत अन्य देशमा पढन पठाउन स्वास्थ्य संस्था बन्द गरी शैक्षिक माफियालाई सघायो । शिक्षा क्षेत्रमा बजेट घाटा भएनी ख्वप कलेज सर्कलका कलेज खोलि शिक्षा प्रचार गरेको हो । हाम्रो ठाँउ अरुले होइन हामी आफैले आफ्नै श्रोत साधनले बनाउने हो । ख्वप अस्पतालले विगत दुइ बर्षदेखि निःशुल्क रगत र अक्सिजन वितरण गरिरहका छौ । ख्वप अस्पतालमा उपचार गर्न आउने विपन्न र असहाय मानिसहरुलाई उपचार गर्न बर्षको ६०÷७० लाख खर्च हुने भएकोले सहकारी संस्थाले समुदायको हितको लागि खर्च गर्नैपर्ने सामुदायिक विकास कोषको रकम नगरपालिका जम्मा गर्न अनुरोध गर्दा सहकारी संस्थाले जम्मा गरेको काम सहराणीय छ । अरु अस्पतालमा भए दिनको ३०० जनाले मात्र सेवा दिन्छ ख्वप अस्पतालमा यस आव २०७९। २०८० मा मात्र प्रतिदिन ७०० जना विरामीलाई सेवा दिंदा बर्षमा २ लाख भन्दा बढी मान्छेलाई सेवा दिएको बताउँदा अरु स्वास्थ्यकर्मी अचम्म मानेको बताउनु भयो ।
उहाँले सहकारी सञ्चालकहरु उपत्यकाका बाहिरबाट आएर जग्गा किने र सहकारीको रकम लगि निजी ब्यापारमा लगाउँदा सहकारीमा समस्या आएको छ । सहकारीमा जम्मा गरेको रकम शेयर सदस्यहरुले फिर्तामाग्दा सञ्चालकहरुले किनेका जग्गा रोपनीको २÷३ लाख जाने जग्गा आनाको ५÷६ लाख भन्ने गरेको तसर्थ स्थानियले बाहिरिया मान्छेले खोल्ने संस्थाबाट सचेत रहन आवश्यक छ ब्याजको लोभ गर्नु हुन्न भन्नुभयो ।
उहाँले टोलका दाजुभाई दिदीबहिनीहरुले आफ्नै संस्थामा रहेको रकम झिकेर व्याजको लोभमा शिव शिखर सहकारी संस्थामा पैसा जम्मा गर्दा सहकारीमा समस्या आएपछि मात्र आमाबाबुको रकम समस्यामा परेको छोराछोरीहरुले थाहा पाए ।
उहाँले नेपालीहरु यहाँ नर्स र डाक्टर पढछन् ख्वप अस्पतालमा केही समय सेवा गर्छन । बढी तलव आए र बैकमा जागिर पाएपछि भक्तपुर वा नेपालको सेवा नगरी बैक वा विदेशतिर लाग्छन । कलेजमा छात्रबृद्धि दियो जागिर दियो बैकमा जागिर पाए तलव बढी भयो भन्नेर छोडेर गएकोले अभिभावकले पनि छोराछारीहरुलाई पैसा भन्दा देश र जनताको सेवा गर्न पे्ररित गर्नपर्ने बताउनु भयो । जिल्ला जिल्लाका विभिन्न दलका राजनैतिक दलका नेताहरु भक्तपुर नपाको अध्धयन भ्रमणमा आएको र फर्कदा बास्तवमा भक्तपुरमा समाजवाद उन्मुख काम भएको बताउने गरेका जानकारी दिनु भयो ।
भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले हरेक कार्यक्रममा महिलाहरु अग्रसर हुनुपर्छ । सहकारी संस्थाको नेर्तृत्वमा पनि महिलाबृद्धि गर्न आवश्यक छ । देको मिवा इतापाखे आयोजना विकास निर्माणको लागि यस बर्ष ६५ करोडको बजेट बन्दोबस्त गरेको जानकारी दिनुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले ख्वप बचत समुदाय आधारित संस्था भएकोले समुदाय लक्षित कार्यक्रम आयोजना गरिरहेकोछ , जन प्रनिधिीहरु जनताको सुख दुःखमा साथ दिने भएकोले महत्वपूर्ण कार्यक्रममा उहाँहरुलाई बोलाई सल्लाह सुझाव संकलन गरी विभिन्न प्रकारका कार्यक्रमलाई निरन्तरता दिएको हो भन्नुभयो ।
संस्थाका सल्लाहकार बालमुकुन्द बासुकलाले बासु मावि स्थापना गरी अध्यापनको शुरुवात गराउँदा एउटा पनि महिलाहरु पढाउन नपठाएको र त्यसबेला किसानका छोरीहरुले घरको काम गराउन पर्छ भनि विद्यालय पठाएन ।पछि विस्तारै महिलाहरुको सहभागितामा बृद्धि भयो । अहिले कलेज र विद्यालयमा ६० प्रतिशत विद्यार्थीहरु अध्ययनरत छन । शिक्षा क्षेत्रमा यसरीदिन सके भक्तपुरको शिक्षा अझ राम्रो हुन्छ , भक्तपुर कासन ब्यासीमा कालीघाट पुस्तकालय सञ्चालन भइरहेको छ अध्ययन गर्न आउन अनुरोध गर्नुभयो ।
संस्थाका अर्का सल्लाहकार कुमार लघुले ब्यासी टोलका २५ जना युवाहरु जम्मा गरी टोलमा बचत र सहकारी संस्थाको आबश्यकता महशुश भएपछि २०६४ सालमा ख्वप बचत आफ्नै अध्यक्षतामा स्थापना गरेको हो । सहकारीको नेर्तृत्व वर्गले आर्थिक पत्रिका र अन्य विषयमा निरन्तर अध्ययन गर्न आबश्यक छ भन्नुभयो ।
संस्थाको महिला उपसमिति संयोजक रामलक्ष्मी लघुको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर नपा वडा नं २ का महिला वडा सदस्य मञ्जुमैंया लाखा संस्थाका कोषाध्यक्ष अमर बासुकला,महिला उपसमितिका सदस्यहरु बबी मैंया कवां, रिता मैया सुवाल र रोजिना बासुकलाले पनि बचतको महत्व माथि प्रकाश पार्नु भयो । कार्यक्रममा मनोरञ्नामक प्रस्तुति र खेलकुद प्रतियोगिता पनि आयोजना गरेको थिए । खेलकुदमा विजयीलाई २ नं वडा अध्यक्ष हरिप्रसाद बासुकला , ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले पुरस्कार वितरण गर्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...