डेंगु रोगले हालसम्म एक दर्जन बढीले गुमाए ज्यान
भदौ १, २०८०, शुक्रबार | दिउँसो ०३:२२ बजे | 35
भक्तपुर, १ भाद्र । भक्तपुर नगरपालिका ४ नं वडा कार्यालयको आयोजनमा डेंगु रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सूर्यविनायक पार्टी भेन्यू, गःपलीमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा ४ नं वडाध्यक्ष उपेन्द्र सुवालले डेंगु रोगले १३÷१४ जना निधन भई सकेकोले यो रोगको महामारी फैलिएको समाचारहरु भई आई रहेकोले रोगको उपचार गर्नु भन्दा रोगै लाग्न नदिन यस्तो अभिमुखिकरण कार्यक्रम गर्दे आएको बताउनुभयो । उहाँले डेंगुबाट बच्ने प्रमुख उपाय भनेको लामखुट्टेले टोक्न नदिनु नै भएकोले त्यसको उपाय भनेको शरीर पुरै ढाक्ने गरी कपडा लगाउने, मलम लगाउने, घरमा बस्दा लामखुट्टे भगाउने लिक्विड, धुप बाल्ने, सुत्न झुल लगाउने कार्य गर्ने र लामखुट्टेको बृति विकास हुने गरी पानी जम्न नदिए यसबाट सजिलै बच्न सकिने बताउनुभयो । उहाँले आँखा पाक्ने रोग पनि विकराल रुपमा फैलिएकोले सो रोगको समेत सचेतना कार्यक्रम संचालन गरेको बताउनभुयो । उहाँले गाईजात्रा र गुन्हिपुन्हिको अलमललाई सरोकारवालाहरुको बैठक राखी १३ गते पुन्हि र १४ गते गाईजात्रा मनाउने निर्णय गरेको बताउनुभयो । उहाँले सापारुको दिनमात्र धिताङधिसि निकाल्ने अरु बेला विकृति हुने गरी नमनाउन अनुरोध गर्नुभयो साथै त्यसलाई परम्परागत र प्रगतिशील तरिकाले मनाउन प्रोत्साहन स्वरुप नगद पुरस्कार राखेको बताउनुभयो । उहाँले नगरपालिकाको गतिविधि र विभिन्न तालिमहरु बारे जानकारी दिनुभयो ।
कार्यक्रममा गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले एचभखभलतष्यल ष्क देततभच तजाबल अबचभ भने जस्तै डेंगुको अभिमुखिकरण आवश्यक रहेको बताउनुभयो । उहाँले गःपली टोलको विकास गर्ने र सफाई सभ्याताको परिचय भन्ने नारालाई अगाडि सार्दै यो टोलमा बाटो निर्माण, बत्ति, स्वास्थ्य शिविर लगायत विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो साथै उहाँले जबसम्म समाज आर्दश बन्दैन् तबसम्म हामी सुरक्षित नहुने भएकोले यसको निम्ति सबैले सयम, सहयोग दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडाका नर्स रसिला सुवालले डेंगुका लक्षण, उपचारका साथै डेंगु सार्ने लामखुट्टेको उत्पत्ति, बृति विकास र रोकथामका बारेमा बोल्नु भयो भन्ने कार्यक्रममा वडा स्वयम् सेविका सुमित्र भेलेले पनि बोल्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...