डिजिटल युगमा बालबालिकालाई खुसी बनाउन
भदौ १, २०८०, शुक्रबार | विहान ०७:०० बजे | 60
लगातार डिजिटल डिभाइसमा झुम्मिँदा विभिन्न मानसिक तथा शारीरिक समस्या देखिन सक्छन् । तर, डिजिटल दुनियाँबाट तपाईंले आफ्ना छोराछोरीलाई अलग राख्न सम्भव छैन । त्यसैले उनीहरुको मनोभावना बुझ्नुहोस् र डिजिटल दुनियाँमा उपलब्ध सकारात्मक सामग्रीतर्फ उनीहरुको ध्यान आकर्षित गर्ने प्रयास गर्नुहोस् । निश्चित समय डिजिटल डिभाइस चलाएपछि यसको प्रयोग बन्द गर्नुपर्छ भन्ने सोच पनि उनीहरुमा विकास गरिदिनुपर्छ । ड्ड फिल्म, टिभी सो, पुस्तक, भिडियो गेम, सामाजिक सञ्जाल आदिले बालबालिकाको चरित्र निर्माण गर्न भूमिका खेलिरहेका हुन्छन् । हामीले बालबालिकालाई टिमवर्क, आत्मविश्वास र प्रतिबद्धता सिकाउनु महत्वपूर्ण हुन्छ । त्यसका लागि डिजिटल डिभाइसमा पनि उनीहरुलाई सकारात्मक र प्रेरक सामग्रीतर्फ आकर्षित गर्नुपर्छ । ड्ड टेलिभिजनमा खेल हेर्दा अभिभावक र बच्चा दुवै रिफ्रेस ’हुन्छन् । यसरी खेल हेर्दा बच्चाले अभिभावकसँगको आफ् नो सम्बन्धलाई पनि थप नजिक पाउँछन् । आफूलाई मन परेको टिम वा खेलाडीबारे जानकारी लिने इच्छा गर्छन् । टिमवर्कबारे बुझ्छन् । सफलता हासिल गर्नका लागि मिहिनेत गर्नुपर्ने रहेछ भन्ने बुझ्दै जान्छन् । बिस्तारै बालबालिकालाई उसको इच्छाअनुसारको खेलमा लगाउन सकिन्छ । शारीरिक तथा मानसिक विकासका लागि खेलकुद महत्वपूर्ण छ । ड्ड युट्युब, फेसबुक वा इन्स्टाग्राममा कुनै सुन्दर वा सिर्जनात्मक पोस्ट भेट्नुभयो भने यसलाई बच्चासँग सेयर गर्नुस् बिस्तारै बालबालिकालाई सामाजिक सञ्जालमा राम्रा कुराहरु हेर्ने र पढ्ने बानी बस्दै जान्छ । ड्ड फरक जीवन बाँचिरहेका प्रेरक मानिसबारेका वृत्तचित्र वा फिल्म हेर्दाको मज्जा बेग्लै हुन्छ । यसले भावना, लगनशीलता र विनम्रताको विकास गर्छ । अलग मान्यता, फरक संस्कृति र भूगोलका विषयमा तपाईं र बालबालिकालाई जानकारी दिन्छ । बालबालिकाको सोचलाई फराकिलो बनाउँदै लान्छ । ड्ड बच्चालाई एक्लै भिडियो गेममा झुम्मिन दिनुको साटो उनीहरुसँगै तपाईं पनि गेम खेल्नुस् राम्रो भिडियो गेमले समस्या समाधान गर्ने खुबी, टिमवर्क, सञ्चार र धैर्यको विकास गर्छे । रमाइलो पनि हुन्छ । मल्टिप्लेयर गेम्सहरु चयन गर्नुस्, यस्ता गेममा जित्नका लागि सबैले उत्तिकै मिहिनेत गर्नुपर्ने हुन्छ ।