सूर्यविनायक हरित तरकारीमा खुल्यो लै लै सुपर मार्टृ
साउन २७, २०८०, शनिबार | विहान ०८:१३ बजे | 60
भक्तपुर । भक्तपुरको आदर्शमा रहेको सूर्यबिनायक हरित तरकारी बजारमा लै लै सुपर मार्ट संचालनमा ल्याएको छ । सूर्यबिनायक नगरपालिका वडा–८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले मार्टको उदघाटन गरे । त्यस अवसरमा उनले सुपर मार्टले सस्तो सुलभ मूल्यमा गुणस्तरीय सामाग्री उपलब्ध गर्न सकेमा उपभोक्ताहरुको रोजाईमा पर्न सफल हुने बताए । साथै यसबाट व्यावसायिक सफलता प्राप्त गर्न सकिने उहाँंले बताउनु भएको थियो।
संचालक सुरज श्रेष्ठका अनुसार यहाँं दैनिक उपभोग्य सामाग्री सुपथ मुल्यमा बिक्रीवितरण गर्ने र समयको माग अनुसारका सामाग्री उपलब्ध गराउने छ । त्यसैगरी हरित तरकारी बजारका प्रबन्धक विकास खाताखोले सुपर मार्टले बजारको प्रबर्द्धनमा सहयोग पुग्ने र तरकारीलगायत सम्पुर्ण सामाग्री एकै छाना मुनि पाउने भएकोले समयको बचत हुनको सथै गुणस्तरीय सामाग्री उपलब्ध हुने बताउनु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...