सिद्धार्थ सहकारीको १५ औं वार्षिकोत्सव
साउन २४, २०८०, बुधबार | दिउँसो ०१:२९ बजे | 40
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४, शंखधरचोकस्थित सिद्धाार्थ बचत था ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष राजेश श्रेष्ठले सिद्धार्थ सहकारीको शेयर पुँजी ३ करोड ३८ लाख रुपैंया र शेयर सदस्य १ हजार ६ सय १९ पुगेको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले भदौ २८ गते बुबाको मुख हेर्नेदिन पुरुष जेष्ठ शेयर सदस्यहरुलाई सगुन प्रदान गरिने जानकारी दिदैं नियमित बचत, लखपति बचत योजना सम्बन्धी पनि जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, सीप विकासदेखि व्यक्तित्व एवं नेतृत्व विकासका कार्यक्रमको समीक्षा गर्न मासिक कार्यक्रम योजनाको तयारी भइरहेको बताउनु भयो । कार्यक्रममा संस्थाका संस्थापक सदस्य एवं चाणक्य व्यवस्थापन कलेजका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले केही ऋणिहरुका कारण सहकारीहरु बदनाम भएको तर्क गर्दै स्थानीय सञ्चालाकहरुद्धारा नीति, विधि र पद्धतिमा सञ्चालित समूदायमा आधारित सहकारीमा कुनै समस्या नभएको धारणा राख्नुभयो । कार्र्यक्रममा संस्थाका पूर्व अध्यक्ष रमेश श्रेष्ठले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव सोहन कायस्थले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष इन्द्रकृष्ण श्रेष्ठले स्वागत मन्तव्य र कोषाध्यक्ष हिरामान शंखदेवले आर्थिक प्रतिवेदन संक्षिप्त रुपमा प्रस्तुत गर्नुभएको थियो । जेष्ठ शेयर सदस्य हरिभक्त श्रेष्ठले पानसमा दीप प्रज्ज्वलित गरेर सुरु गरिएको उक्त वार्षिकोत्सवमा संचालक एवं अतिथिहरुलाई छाता उपहार प्रदान गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...