नगरकोटको पर्यटन प्रबद्र्धनमा किन जुट्दै छन् इन्जिनियर दुवाल ?


साउन २०, २०८०, शनिबार | विहान ११:५१ बजे | 45


नगरकोटको पर्यटन प्रबद्र्धनमा किन जुट्दै छन् इन्जिनियर दुवाल ?

भक्तपुर । भक्तपुरका इन्जिनियर कृष्णभक्त दुवाल नगरकोटको पर्यटन प्रबद्र्धनमा जुट्न थालेका छन् । देशविदेशमा घुमेका उनी आफनै जिल्लाको प्रचुर सम्भाबना भएको नगरकोटले आशा गरे अनुरुप पर्यटन प्रबद्र्धन गर्न नसकेको भन्दै पर्यटन प्रबद्र्धनमा जुटन थालेका हुन् । प्राध्यापन पेशामा रहेका उनी पर्यटनबाट नै देशको समृद्ध सम्भब भएकोले पर्यटन प्रबद्र्धनमा जुटेको बताउँंछन् । भक्तपुरमै पनि धेरै पर्यटकहरु आउने तर ती सवै पर्यटक नजिकै रहेको नगरकोटसम्म पुग्न नसकेको भन्दै भक्तपुर आएका पर्यटकहरुका लागि नगरकोट पुयाउने योजनामा जुटेको उनी सुनाउँंछन् । भक्तपुरबाट नगरकोट करिव १५ किलोमिटरको दुरीमा रहेको छ । नगरकोट काठमाडौंबाट ३० किलोमिटरको दुरीमा रहेको छ । 
व्यवसायीसमेत रहेका इन्जिनियर दुवाल नगरकोटमा सुविधासम्पन्न होटेल बनाएर पर्यटक आकर्षित गर्ने योजनामा पनि छन् । थप २० करोड लगानी गरी नगरकोटको फन्की हिल इन होटल एण्ड रिसोर्टलाई सुविधा सम्पन्न बनाई पर्यटक आकर्षित गराउने योजनामा छु, उनले भने । नगरकोटमा मात्रै ठूला साना गरी करिब डेढ सय होटेल, गेस्टहाउस र रेस्टुराँ छन् । तीमध्ये करिब ५० वटा होटेल सुविधायुक्त र आवासीय क्षमताका छन् । नगरकोटमा रहेको ७० प्रतिशत होटल काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ मा पर्दछ भने बाँकी होटल भक्तपुरको चाँगुनारायण नपा–६ मा पर्दछन् । यहाँं ‘फो–स्टार र थ्री–स्टार’का होटेलहरु पनि छन् ।
व्यवसायीहरुका अनुसार नगरकोटमा दिनमा मात्रै दैनिक एक हजार भन्दा वढी आन्तरिक पर्यटक आउने गरेका छन् । साथै रात विताउने गरी दैनिक दुई हजारको हाराहारीमा आन्तरिक तथा वाह्य पर्यटकहरु नगरकोट आउने गरेको अनुमान छ । त्यसमा विदेशी पर्यटकहरुको संख्या १५ देखि २० प्रतिशत हुने अनुमान स्थानीय होटेल व्यवसायीहरु गर्छन् । 
हरियालीपूर्ण वातावरण, शान्त, सुन्दर, मनमोहक ठाउँं रहेका कारण  यहाँं घुम्न र रात विताउन धेरै आउने गरेको देखिन्छ । यहाँको मनोरम प्राकृतिक दृश्यावलोकन र चिसो हावापानीमा रमाउन आउनेहरूको संख्या यही कारण वढी भएको हो । नगरकोट पुगेका पर्यटकले यहाँको भ्यु–टावर चढेर प्रकृतिमा रमाउन सक्छन् । साथै सूर्याेदय र सूर्यास्त हेर्नका लागि यो ठाउँं संसारमै प्रख्यात छ । 
यसअघि नगरकोट जाने पर्यटकहरुसँग चाँगुनारायण र काभ्रेको मदनदेउपुर नगरपालिकाले संयुक्त रुपमा प्रवेश शुल्क पनि उठाउँदै आएको थियो । भक्तपुर र काभ्रेको सिमानाको रुपमा रहेको यस ठाउँमा आउने गैर सार्क राष्टका पर्यटकहरुसँग प्रति पर्यटक तीन सय ३९ र सार्क राष्ट्रका पर्यटकहरुसँग दुई सय २६ रुपैयाँ प्रवेश शुल्क उठाउँदै आएको थियो । तर अहिले शुल्क उठाउन बन्द रहेको छ । व्यवसायीहरुको अनुरोधपछि अहिले पर्यटक शुल्क लिन पनि बन्द रहेको हो । 
२०७२ सालको महा–भूकम्प, कोरोनाको लकडाउन, अस्तव्यस्त भक्तपुर नगरकोट सडकलगायतका कारण केही वर्षदेखि नगरकोट झण्डै पर्यटकविहीन अवस्थामा पुगेको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

नगरकोटको पर्यटन प्रबद्र्धनमा किन जुट्दै छन् इन्जिनियर दुवाल ?
नगरकोटको पर्यटन प्रबद्र्धनमा किन जुट्दै छन् इन्जिनियर दुवाल ?

Comments