पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाए


साउन १६, २०८०, मङ्गलबार | दिउँसो ०३:४४ बजे | 35


पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाए

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य स्वचालित प्रणाली अनुसार बढाएको हो। निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको हो। त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ।

Comments