विशिष्ट साहित्यिक पत्रकार ४ जना श्रष्टाहरू संमानित
साउन १३, २०८०, शनिबार | विहान १२:५५ बजे | 40
प्रताप रानामगर
काठमाडौ
मदन-शिला प्रतिष्ठानले कमलादीस्थित काठमाडौ प्रज्ञाप्रतिष्ठानकाे सभाकक्षमा आयाेजित एक भव्य कार्यक्रममा कवि श्री दुर्गालाल खाेविल,साहित्यकार पत्रकार श्री माेहन दुवाल ,आख्यानकार श्री गीता केशरी ,साहित्यकार पत्रकार राम प्रसाद पन्तलाई एक समारोहबिच अभिनन्दन गर्दै जनही नगद एक,एक लाखका साथ दाेसल्ला ओढाएर संमान पत्रद्वारा संमान गरिएको छ।उक्त कार्यक्रममा संस्थाका संरक्षक शिला भट्टराई हुनुहुन्छ ,सभाको सभाध्यक्ष डाक्टर वासुदेव त्रिपाठीले पानसमा दिप प्रज्वाेलन गरि कार्यक्रमको समुघाटन गर्नुभयो ।उक्त कार्यक्रममा नेपालका चर्चित एवम् विशिष्ट पत्रकार ,लेखक,कवि ,साहित्यकार साथै अन्य विद्वान्हरूकाे करिब २०० जना व्यक्तिहरू भन्दा बढीको सहभागीता रहेको कार्यक्रमलाई साहित्यकार सन्ध्या पहाडीले भव्य र सब्यढंगले संचालन गर्नु भएको थियोे ।
फाेटाेमा हेर्नुहाेस्...