एताउता कता कता
साउन ११, २०८०, बिहीबार | विहान ०५:५९ बजे | 25
बुढो बाबु आफ्नै सुदूर गाउँघरमा यता
एक्लो जवान छोरो विदेशको बन्दि गृहमा उता
एक्ली तरुणी छोरी लग्यो कसले कता कता ?
अहो ! आफ्नो खेतबारी बाँझै छ यता
अब मल जल, बिउको जोहो गर्ने परेन यता
बुढी चामल किन्न खोज्दैछे, सस्तो बजार यताउता ।
घर खर्च गर्न पैसा छैन, घर झगडा यता
रोग व्याधिले सताएका हामी बुढाबुढी घरमा यता
खोज्दैछन् निःशुल्क स्वास्थ्य सेवाको घोषणा पत्र, खोइ कता कता ?
डा. इन्दुल के. सी., भक्तपुर रचयीता
फोन: ९८४१३३४११३