आधुनिक शिक्षण पद्दति एबम् प्रविधिको प्रयोग, कक्षा कोठामा प्रोजेक्टरको प्रयोग गरि सिकाई थप प्रभाबकारी बनाउने गर्छौं
असार ३१, २०८०, आइतबार | विहान ०५:१० बजे | 15
१ तपाईको स्कुलमा विशेषतः ११ र १२ को पढाईबारेमा छोटकरीमा बताइदिनुहोस् न ।
एस एस कलेज भक्तपुर
जिल्लालाई शैक्षिक गन्तव्यको रूपमा स्थापित गराउने उद्देश्यका साथ भक्तपुरमा
संचालित विभिन्न संस्थागत बिद्यालयका
संस्थापक प्रिन्सिपलहरुको संयुक्त पहल र लगानीमा बि सं २०६३ मा स्थापना
भएको कलेज हो । हरेक बर्ष निश्चित संख्यामा बिद्यार्थी भर्ना लिई
संख्यात्मक भन्दा गुणात्मक पक्षलाई ध्यान दिने कलेजको रुपमा आफुलाई चिनाउन सफल भएका छौं।
२ तपाईको स्कुलमा ११ र १२ मा केके संकायको पढाई भइरहेको छ ?
हाम्रो कलेजमा राष्ट्रिय
परीक्षा बोर्डबाट सम्बन्धन लिई विज्ञान, व्यवस्थापन, एवं मानविकी समूह तर्फका
कक्षाहरू सञ्चालित छन्। त्यसैले Physics, Chemistry, Biology,
Mathematics, Computer Science का साथै Hotel Management, Mass Communication, Major English, Business Studies पढ्न चाहने विद्यार्थीहरुको लागि उत्कृष्ट गन्तब्य एस एस हुनसक्छ।
३ फि स्टकचर चाहिं कस्तो छ ?
फि स्टकचर यस
क्षेत्रका अधिकांश विद्यालयका विद्यार्थीहरूले कक्षा ९ र १० मा तिर्ने शुल्क कै
परिपरि रहेको छ ।
४ यसअघिको रिजल्टको अवस्था बताइदिनुहोस् न ।
एस एस कलेजले अहिले १८
औं ब्याचको निम्ति कक्षा ११ मा भर्ना आव्ह्वान गरेको छ भने १५ औं ब्याचसम्मका विद्यार्थीहरू उत्कृष्ट नतिजाका साथ
उत्तीर्ण भई हाल देश तथा बिदेशमा विभिन्न क्षेत्रमा कार्यरत रहेका छन् ।
५ तपाईका स्कुलको भौतिकलगायतका अवस्थाकोबारेमा छोटकरीमा
बताइदिनुहुन्छ कि ?
सुविधा सम्पन्न
कक्षाकोठा, विज्ञान प्रयोगशाला, द्रुत गतिको इन्टरनेट सेवा सहितको कम्प्युटर प्रयोगशाला, पुस्तकालय, चमेना गृह, यातायातको उचित व्यवस्था छ ।
विद्यार्थीको सर्वाङ्गिण बिकासको निम्ति खेलकुदको अपरिहार्यतालाई मध्यनजर गर्दै बास्केटबल
र ब्याडमिन्टन कोर्ट, इन्डोर टेबुल टेनिस कोर्ट रहेको छ ।
६ अहिले त धेरै ११ र १२ पढाउने स्कुलहरु छन् ? तपाईकै स्कुलमा किन भर्ना हुने ?
आत्मीयता, मानवीयता, राष्ट्रियता तथा वसुधैव कुटुम्बकम् को भावनालाई
आत्मसात गर्ने यस कलेजले पठनपाठनका साथै अतिरिक्त क्रियाकलापको माध्यमबाट
विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको छ ।
आधुनिक शिक्षण पद्दति एबम् प्रविधिको प्रयोग, कक्षा कोठामा प्रोजेक्टरको प्रयोग गरि सिकाई थप प्रभाबकारी बनाउने गर्छौं। सिपमूलक तथा व्यवसाय उन्मुख शिक्षाले नै
विद्यार्थीले समयको गतिमा आफूलाई समाहित गर्न सक्छन् भन्ने कुरामा विश्वस्त यस
कलेजले समय समयमा आवश्यक तालिम, शैक्षिक भ्रमण, कार्यशाला, स्थलगत अध्ययन साथै विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने
गर्दछ ।
७ भक्तपुरका धेरै प्लस टु स्कुलहरु भन्दा तपाईको उच्च
स्कुलको फरक अथवा विशेषताहरु चाहिं के छन् ?
कोरा किताबी ज्ञान
आजको विश्वको आबश्यकता होइन भन्ने कुरामा सजग भई सिकाइलाई ब्यबहारमा उतार्न जोड दिन्छौं। चम्केको
घोडा भएर होइन, हात्ती जस्तै लम्केर गन्तव्यमा पुग्न सकिन्छ भन्ने
मान्यता बोकेर अघि बढेका छौँ। शिक्षाको राष्ट्रिय उद्देश्यको परिधिमा समाहित हुदै
विश्वलाई साझा घरको रूपमा लिई सबैलाई शिक्षा, शान्ति र समृद्घिको पथतिर उन्मुख गराउने पवित्र
लक्ष्य लिई सहरी क्षेत्रका
विद्यार्थीहरूमा मात्र केन्द्रित नभई दुर्गम तथा सिमान्तीकृत, राष्ट्रको निम्ति लागीपरेका खेलाडीहरू एवम् सहिदका
सन्ततीहरूलाई विशेष छात्रवृत्ति तथा प्रोत्साहन प्रदान गर्दछौं ।
८ अहिलेसम्म पनि धेरै भक्तपुरका विद्यार्थीहरु भक्तपुरमा
नपढी काठमाडौसम्मै पुगेर पढन जाने गरेका छन् । उनीहरुलाई रोक्न तपाईको स्कुलको
विशेष योजना छ कि ?
भक्तपुर जिल्लालाई
शैक्षिक गन्तब्य बनाउने लक्ष्यका साथ हामी अगाडी बढिरहेका छौं। विद्यार्थीहरुको अपेक्षा पुरा गर्ने उद्देश्यका
साथ भौतिक र शैक्षिक सुबिधामा बिशेष ध्यान दिएका छौं। भक्तपुरका विभिन्न क्षेत्र
जस्तै बालकोट, सिरुटार, दधिकोट, गुन्डु, सिपाडोल, जगाती, सरस्वतिखेल, दुव्कोट, चाँगु लगायतको क्षेत्रमा
यातायातको सुबिधा प्रदान गरेका छौँ।
९ तपाईको स्कुलको प्लस टुको उलेख्य उपलव्धी कुनै स्मरण
गर्नुहुन्छ ?
निरन्तर उत्कृष्ट
नतिजा प्राप्त गर्दै आइरहेको यस विद्यालय अभिवावक तथा शुभ-चिन्तकहरुको साथ र सहयोग एबम बिध्यार्थी, शिक्षक, र ब्यबस्थापनको साझा प्रयासले राष्ट्रिय परीक्षा
बोर्डबाट सञ्चालित वार्षिक परीक्षामा बारम्बार जिल्लामा सर्वोत्कृष्ट एबम विज्ञान संकायमा बोर्ड द्वितीय हुन सफल भई आफुलाई 'Board Topper Status' भएको विद्यालयको
रुपमा आफुलाई उभ्याउन सफल भएको कुरा उल्लेख गर्न चाहन्छु .
१० अन्तमा भन्न मन लागेको केही छ भने .........