सन्दर्भ : गुरु पूर्णिमा


असार १८, २०८०, सोमबार | विहान ०५:५४ बजे | 20


सन्दर्भ : गुरु पूर्णिमा

सुनील सापकोटा कौसलटार , भक्तपुर आज गुरु पूर्णिमा । गुरु वेद ब्यासको जन्म दिन पनि । हिन्दु धार्मिक ग्रन्थका केहि विद्वानहरुका अनुसार वेद ब्यास पछि जति पनि लेखकहरु भए तिनले आफुलाई लेखकको रुपमा ब्यास भनेर लेख्न लागे भन्ने पनि छ। प्रथम ब्यासको अर्को नाम कृष्ण द्वैपायन हो। कृष्ण द्वैपायन ति थिए जसले सदियौँ देखि चलि आएको वेद र पुराणहरुको श्रुति परम्परा लाई लिपिवद्व गरेका थिए अरे। आज गुरु पूर्णिमाको दिन गुरुहरुको महानता र सम्मानमा फेशबुकहरुमा गत बर्षहरु झैं लेख र पोस्टरहरु जताततै देखिएका छन।गुरुलाइ सम्झेर दण्डवत गर्नेहरुको होडबाजी फेशबुकमा देखिएको छ । हिन्दु धर्मावल म्बीको पौराणिक ग्रन्थहरुमा धेरै गुरुहरु देखिन्छन्। तर मनुष्य जीवनमा धेरै प्रकारका गुरुहरु भएपनि यो संसाररुपि भवसागर लाई जस्ले पार लगाउछ ( मोक्ष, निर्माण ) गराउदछ, त्यो नै गुरु हो भनिएकोछ। ति मध्ये महाभारतका द्रोणाचार्य पनि एक गुरु थिए। जस्ले कौरव र पाण्डव लाई शिक्षादिक्षा दिएका थिए। तर ति तिनै गुरु हुन् जसले एक भिल बालक एकलब्य संग गुरु दक्षिणामा अर्जुन भन्दा शस्त्रबिद्या मा नजान्ने होस् भनेर उसको औंला मागेका थिए। आज गुरु पूर्णिमाका दिन त्यस्ता अन्याइ र स्वार्थि गुरुहरु लाई पनि सम्झिनु पर्छ होला। अहिले हाम्रो समाजमा खराव आचरण भएका धेरै गुरुहरु भेटिन्छन। मादक पदार्थ सेवन गर्ने , स्वार्थि, बेइमान , फटाहा , सुरासुन्दरीहरु संग धेरिएर बस्ने, बलात्कारी आदि गुरुहरु जताततै छन । त्यस्ता गुरुहरु को कमि यहाँ छैन। गुरुको नाताले त्यस्ता गुरुहरु लाई पनि हामिले आज चिन्न सक्नु पर्छ । बिर्सनु हुँदैन। अन्त्यमा , एउटा हिन्दी भनाइ राख्दै यो मेरो लेखको अन्त्य गर्छु । " गुरु करो जानकर - पानी पिओ छानकर " धन्यवाद

फाेटाेमा हेर्नुहाेस्...

सन्दर्भ : गुरु पूर्णिमा

Comments