गनथन : इश्वर , धर्म , राजनिती


असार १६, २०८०, शनिबार | विहान ०८:३३ बजे | 25


गनथन  :   इश्वर , धर्म , राजनिती

सुनील सापकोटा , कौसलटार , भक्तपुर यो तलको पोस्टर हेरेर केही गनथन गर्न मन लाग्यो। आजको युग बैज्ञानिक युग भनेपनी धर्म र राजनितिको प्रभावमा बिश्वका अधिकांश मनिसहरु अझै अन्धा छन जस्तो मलाई लाग्छ । हिजोआज रुस र युक्रेन युद्धले यो दुनियाँमा एउटा भयावहको स्थिती खडा गरेको छ । आजको बिश्वको समाचारहरु नियाल्दा रुस र युक्रेनको युद्ध चरम उत्सर्गमा पुगेको मलाई लाग्यो। । रुसको प्रमुख सत्ताधारी सनकि पुटिनले त भनी सकेको छ कि यदी अमेरिका र नेटोले रूसलाई धेराबन्दी गरेर खत्तम पार्न खोज्दछन भने रुसले पनि बाध्य भएर एटम बम प्रहार गर्न पछी पर्दैन। एटम प्रहारका लागि रुस तयार देखिएको कुरा आजको केही समाचरहरुले पनि प्रसारण गरेका छन। यो रुसको धम्की हो भने त केही छैन । यदी रुसले साच्चिकै एटम बम प्रहार गर्यो भने के होला ? अमेरिका र नेटो सहेर बस्ला ? तब के यो दुनियाँ रहला ? युद्ध इतर रास्ट्रहरुलाई के ईश्वरले बचाउन सक्लान? अथवा हाम्रो गीतामा लेखिए जस्तै परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्। धर्मसंस्थापनार्थाय संभवामि युगे युगे।। अथवा यो दुनियाँमा पाप धेरै भएर पुटिनको आत्मामा श्रीकृष्ण पदार्परण भएको अवस्था हो यो ? येस्को व्याख्या आस्तिकको र नास्तिकको बेग्ला बेग्लै होला। नास्तिकहरु भन्छन् कि इश्वर र धर्म मनुष्यको रचना हो। तमाम मन्दिरहरु र धार्मिक पुस्तकहरु मनुष्यले नै रचेको कल्पना हो। मनुष्य भन्दा अगाडी यो पृथ्वीमा नकुनै ईश्वर थियो नकुनै धर्म । त्यसोभए यो दुनियाँमा मनुष्यले किन इश्वर र धर्मको सृष्टि गर्यो भन्दा त्यस्को उत्तर एउटै नभएर विभिन्न मतहरु देखिन्छन् । धर्मिक मानिसहरुले जति तर्क गरेपनि यो सिद्ध गर्न गर्न सक्तैनन् कि जन्म पहिले उनिहरु कहाँ थिए र मृत्युु पछी कहाँ के हुन्छन्। के वास्तवमा कुनै आत्मा छ ? कुनै चैतन्य तत्व छ ? कसले यो दुनियाँलाई संचालित गरिरहेको छ ? यो दुनियाँको रचना कसरी र किन भयो ? मनुष्य जीवनको कुनै प्रयोजन छ ? कसैले किन सुख पाउछन भने कसैले किन दु:ख र कष्ट ? कोहि किन मूर्ख हुन्छन् , कोहि किन विद्वान ? मनुष्य संग यी प्रश्नहरु कुनै प्रमाणित ठोस उत्तर छैन्। त्यसैले इश्वर प्रती बिश्वास राख्ने मानिसहरु भन्छन् कि सबै कुरा ईश्वरको लिला हो। उनिहरुको लागि इश्वर अहंकारको साधनको एउटा माध्यम मात्र भएको छ । ईश्वरको नजिक हुने दावा गर्नेहरु कुनै पनि संत, महन्त र योगीलाई पनि यी प्रश्नहरुको उत्तर थाहा हुँदैन। उनिहरुले तपाईंलाई केही नलागेर भन्नेछन कि यो कर्मको सिद्धान्त हो। जो कि अहिलेसम्म अप्रमाणित छ । यो दुनियाँको इतिहासमा पहिले जतिपनि युद्ध र हत्या हिंसा भयो त्यो ईश्वर र धर्म र आडमा भएको थियो । इश्वर र धर्मको अहंकारको कारणले नै ती सबै घटित भएका थिए। इश्वर र धर्मको अहंकार संग गहिरो सम्बन्ध रहेछ । उहिले देखि हिजोआज सम्म पनि धर्मले राजनितीको बाहानामा युद्ध गराउछन ,उपद्र , हत्या र हिंसा गराएको देखिएकोछ। धन्यवाद

फाेटाेमा हेर्नुहाेस्...

गनथन  :   इश्वर , धर्म , राजनिती

Comments