गुरु एक, ज्ञान अनेक
असार १५, २०८०, शुक्रबार | दिउँसो ०२:३० बजे | 55
सागर गुरागाईं
अज्ञातनताबाट ज्ञानको उज्यालोतर्फ समाजलाई डोहो¥याउने कर्तव्य र दायित्व बोकेका गुरुहरूलाई हाम्रो समाजले खासै महत्व दिएको देखिदैन । हाम्रा प्राचीन ऋषि–महर्षिहरूले हाम्रा शास्त्रहरूमा गुरूलाई ठूलो स्थान, दिएका थिए । आदिमकालमा भगवान श्री कृष्णलाई जगतगुरुको रुपमा मानिएको थियो । आदिमकालमा भगवान शिव (महादेव) लाई तन्त्रशास्त्रका आदि गुरु मानिन्छ । विद्याद्वारा शिष्यको अज्ञानतालाई निवारण गर्ने भएकोले प्राचीनकालदेखि नै हिन्दु संस्कृतिमा गुरूलाई विशेष स्थान र मान दिइएको पाइन्छ । ’गुरू’ विना शिष्य एक्लैले लिएको ज्ञान (विद्या) अधुरो एवं अपुरो हुने भएकोले एकलब्यले पनि द्रोणाचार्य (गुरु) को मूर्ति आफैले स्थापना गरेर सोही मूर्तिलाई गुरू मानेर अस्त्र विद्याको अध्ययन गरेका थिए । वास्तवमा गुरू भनेको समाज एवं शिष्यलाई सत्मार्गमा लाग्न अभिप्रेरित गर्ने पथप्रदर्शक, मार्ग निर्देशक व्यक्ति पनि हो । प्राचिन कालदेखि नै आमा बुवा र गुरूलाई विशेष आदर सम्मानको रुपमा सम्मान गरिने गरिएको छ । तर हिजोआज कयौं जन्मदाता बुबा आमा र गुरुहरू आफ्नै छोराछोरी र शिष्यबाट अपमानित भइरहेका छन् । शिष्यको नाताबाट गुरूको पहिचान हुने भएकोले गुरु र शिष्यको सम्बन्ध सधैं नङ र मासुको झैं हुनु पर्छ । हिजोआज परिवर्तनको नाममा यदाकदा गुरुहरू पनि आफ्नो स्थान मर्यादा र इज्जतभित्र नरहने गरेको र शिष्यहरूमा पनि आदरभाव एवं शिष्टताको अभाव महशुस गर्न थालिएको छ । आफूलाई शिक्षा, ज्ञान, सीप सिकाएर सत्मार्गमा डोहो¥याउने, अहोरात्र मेहनत गर्ने गुरूहरूलाई वर्षमा एकदिन सम्मान गर्ने र बा“की ३ सय ६४ दिन चाहि“ बेवास्ता गर्ने प्रचलन पनि विद्यमान छ । हिजोआज अनुशासनमा नरहने केही शिष्यहरूले गुरुलाई उसको भेषभूषा, हि“डाई, शारीरिक वनावट एवं आर्थिक अवस्था र सवारी साधनस“ग तुलना गरेर उसको उपहास गर्ने गरेको पनि पाइएको छ । हुन त सबै गुरुहरू मिलनसार, अनुशासित, शिष्ट, दयालु र सहयोगी नहुन सक्छन् त्यसैले सत्गुरु हुनको लागि केही विशेषताहरु हुनुपर्छ । केवल योग्यता हासिल गर्दैमा, चिटिक्क परेको पोशाक लगाउ“दैमा, मह“गो सवारी साधन चलाउ“दैमा वास्तविक गुरु बन्न सकिन्न । गुरुमा हुनुपर्ने सामान्य गुणहरू जस्तै विषयवस्तुको ज्ञान, मिठो भाषा शैली, अनुशासन, लगनशीलता, नैतिकता, समानता जस्ता व्यवहारिक ज्ञानहरू हुनु आवश्यक छ । गुरुले पनि शिष्य र समाजको सामु आफ्नो इज्जत मान मर्यादा र प्रतिष्ठाको ख्याल गरेर सम्यमित भएर व्यवहार गर्नु पर्दछ । बोली व्यवहार र दैनिक क्रियाकलापमा शिष्टता एवं समानता प्रदर्शन गर्न नजान्ने एकाध गुरुहरूको क्रियाकलापले गर्दा गुरुहरूप्रतिको समाजको दृष्टिकोण सम्मानयोग्य हुन सकिरहेको छैन । लाखौं इमानदार व्यक्तिहरूको पेशा र व्यवसायलाई एक दुईजनाको अनैतिक र असभ्य व्यवहारले बद्नाम गराउने भएकोले गुरुहरूले सम्यमित भएर सबैस“ग समान व्यवहार गर्नुपर्दछ । एकजना गुरुले हजारौ डाक्टर, पाइलट, इन्जिनियर, कुशल प्रशासक, समाजसेवी, व्यवसायी, कलाकार उत्पादन गर्छ, तर हजारौ डाक्टर, पाइलट, इन्जिनियरहरूले एकजना पनि गुरु (शिक्षक) उत्पादन गर्न सक्दैनन् । त्यसैले भनिन्छ शिष्य भनेको भोको व्यक्ति हो र गुरु भनेको चौरासी व्यञ्जन । चौरासी ब्यञ्जनबाट कति लिने वा खाने भन्ने कुरा शिष्यमा नै निर्भर गर्छ । तसर्थ गुरुविनाको ज्ञान अपूर्ण हुने भएकोले औपचारिक र अनौपचारिक जेजस्तो अवस्थामा पनि गुरु ज्ञान अपरिहार्य छ । गुरु पूर्णिमाको औचित्य उद्देश्य र महत्वलाई आत्मसात गर्दै गुरु र शिष्यको सम्बन्धलाई सधैं विकसित गर्न गुरु पूर्णिमाले हामी सबैलाई प्रेरणा मिलिरहोस् ।
समृद्धिका लागि सञ्चार
सागर गुरागाईं
सार्वसाधारणसम्म लोकप्रिय शब्द विकासलाई वस्तु र चेतको उन्नत परिवर्तनस“ग सम्बन्धित भएर हेरिन्छ । विकास नकारात्मक, घातक र घिनलाग्दा विषयस“ग पनि सम्बन्धित हुन्छ । जस्तै, कोरोना भाइरसको विकास, अस्वस्थ ढुसीको विकास, युद्धको विकास । तर समृद्धिलाई धन, बुद्धि, संस्कार, संस्कृति आदिमा देखिएको सकारात्मक फराकिला आकारमा फैलिदै जानुस“ग सम्बन्धित भएर हेरिन्छ ।समृद्धिले मानिसलाई खुसी र सुखी बनाउ“छ । समृद्ध नेपाल सुखी नेपाली को सार पनि त्यही हो । त्यसैले सरकारी सञ्चारमाध्यमले मात्रै हैन आफूलाई राष्ट्रिय मिडिया भन्न रुचाउने अन्य निजी सञ्चार संयन्त्रले यही लक्ष्य पहिल्याउन अग्रसर हुनुपर्ने देखिन्छ । सरकारी सञ्चारयन्त्र त राज्यकै आधिकारिक अङ्ग भएका नाताले नेपाल र नेपालीको समृद्धिका लङमार्च (लामो यात्रा) का नकारात्मक घिनलाग्दा, भ्रमपूर्ण, उत्तेजित, छाडा प्रतिशोधपूर्ण, तथ्यहीन, खोक्रा, निराशापूर्ण समाचार सामग्री छरेर पाठक सख्ंया बढाउने, श्रोता र दर्शक बढाउन पुरानादेखि नया“ मिडियाको भीडबाट सरकारका सञ्चारयन्त्र टाढा रहनुपर्छ । तथ्यता, विश्वसनीयता, धैर्य, स्पष्टता, स्तरीयता र राष्ट्रिय सङ्कल्प पूरा गर्ने समृद्धिका लागि सञ्चार भन्ने मूल नारा बोकेर हि“डेमा सरकारी सञ्चारयन्त्र जनप्रिय र तीप्रति जनविश्वास प्राप्त हु“दै जान्छ । पत्रकारितामा ३ आई पढाइन्छ । इम्फर्मेसन, इमेज, इन्कम । इम्फर्मेसनले भरिपूर्ण व्यक्तिको इमेज अर्थात् इज्जत बेग्लै र लोभलाग्दा हुन्छन् । र, सूचनाले भरिपूर्ण व्यक्तिको आम्दानी क्षेत्र पनि बढ्दै जान्छ । अमेरिका विश्वका अन्य राष्ट्रको तुलनामा सैन्य र हतियारमा मात्र हैन, सूचना प्रविधिको क्षेत्रमा पनि अब्बल छ, त्यसैले ऊ सबैभन्दा धनी राष्ट्र पनि मानिन्छ । एउटा मोबाइलले मानिसलाई संसार घुमाउ“छ, घण्टौ शिर निहुराएर आफूलाई हेरिरहन बाध्य पार्छ । त्यो सानो औजारले इन्टरनेटमार्फत ज्ञान वृद्धि, सूचना र मनोरञ्जनमा एकोहोर्याउछ । समृद्धिका लागि सञ्चारले मिडियालाई डिजिटलमात्र हैन, स्मार्ट डिजिटलमा फन्को मारेर कन्टेन्ट (विषयवस्तु) निर्माण र पस्कनेतर्फ पनि रूपान्तरित हुनुपर्ने सुझाव दिन्छ ।