राष्ट्रिय धान दिवस
असार १५, २०८०, शुक्रबार | दिउँसो ०१:११ बजे | 45
डा इन्दुल केसी
नेपालमा प्रत्येक दिन
नाना नामका दिवस
आज राष्टिय धान दिवस
कृषि प्रधान नेपालीको यो देश
यहाँंका युवकहरु विदेश पलायन ।
रोपाई गर्ने खेतालाको अभाब
खेतीको लागि सिँंचाईको अभाब
मल, वीउ, किटनाशक औषधिको अभाब ।
दही चिउरा खाने यहांको प्रचलन
आयातित धान चामल चिउरा
पाउडर दुधको दही ।
रोपाईमा अब असारे गीत सुनिदैन
रयाप झ्यापको धुनमा हिलो नाच ।
आकाशे पानीको वर्षा होइन
सोझा जनतालाई प्रलोभनमा पार्ने भाषणको वर्षा
आज राष्टिय धान दिवस
२०८० असार १५