साहित्यिक पत्रकारहरुलाई सम्मान


असार १५, २०८०, शुक्रबार | विहान ११:४० बजे | 50


साहित्यिक पत्रकारहरुलाई सम्मान

एवीसीडी खवरका संवाददाता प्रताप राना

काठमाडौं । नेपाल साहित्यिक पत्रकार संघको १७ औ स्थापना दिवस तथा सम्मान कार्यक्रम हालै सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भूपाल राईज्यूले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो । यस पत्रकार संघका वर्तमान अध्यक्ष मोहन दुवालको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा विभिन्न साहित्यिक पत्रिकाहरु प्रकाशन कार्यमा विशिष्ट योगदान पुरयाउनुभएको पाँंच जनालाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको थियो । 

सम्मानित हुनुहुनेहरुमा रामभरत काफडिय बरभन, नारीस्वर पत्रिकाका प्रधान सम्पादक हिरण्यकुमारी पाठक, डि आर पोखरेल, नगेन्द्रराज शर्मा र खुमानन्द पोखरेल हुनुहुन्छ । कार्यक्रममा विशिष्ट साहित्यिक पत्रकार लेखकहरु डा इन्दुल केसी, लेखक विष्णु ओली, कवि मुना राई, कवि पदम दाहाल, लेखक केशवप्रसाद रुपाखेती, स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव महेशजंग कुँंवरलगायत धेरै विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका कुलपति भूपाल राईज्यूले आफनो मन्तव्यको क्रममा हाल नेपाल प्रज्ञा प्रतिष्ठानले गरिआएका विभिन्न कार्यहरुको चर्चा गर्दै नेपालका विभिद भाषाका विकाशको लागि नयांँनयाँं कार्यक्रमहरु सुरु गर्न थालेको जानकारी दिनुभयो । साथै प्रतिष्ठानले साहित्यिक पत्रिकाका पत्रकारहरुद्धयलाई प्रत्येक वर्ष सम्मान गर्ने कुरा पनि जानकरी दिनुभयो ।  


Comments

ताजा खबर