दुई थुगा फूल


असार १२, २०८०, मङ्गलबार | विहान १०:४० बजे | 35


दुई थुगा फूल


डा सत्यमोहन जोशी 

विविध भाषाका ज्ञाता 
मातृभाषाका पुजारी 
विविध उपचारका ज्ञाता 
विकल्पका प्रयोगवादी 
सच्चा समाजसेवी 
बहुमुखी प्रतिभाका धनी 
डाक्टर इन्दुल केसी ।१।

भजन–कीर्तनका गायक 
कविता आदिका लेखक
कलाकृति र संस्कृतिका अनन्य भक्त साधक 
सरल स्वभावका मृदुभाषी 
क्रियाकर्ममा परोपकारी 
व्यक्ति एक प्रतिभा अनेक
डाक्टर इन्दुल केसी ।२। 

                ८८८८      
शताब्दीपुरुष, लोकसंस्कृतिविद, साहित्यकार तथा तीनपटक मदन पुरस्कार पाउने एक मात्र नेपाली स्रष्टा (राष्ट्रसंरक्षण साप्ताहिक, वर्ष ९ अङ्क २६ )
इन्दुललाई एउटा मात्रै आयामबाट पर्गेल्न सकिँदैन । उनलाई भिन्न–भिन्न आयामिक चस्माद्वारा पर्गेल्नुपर्ने हुन्छ । धेरैओटा प्राप्ति जोडिएर एउटा इन्दुल केसी बनेको हो । उनी कवि हुन् । कथाकार, पत्रकार र पूर्वप्रशासक पनि हुन् । समाजसेवी हुन् । योग गुरु हुन् । धार्मिक अभियन्ता हुन् ।
प्रा. डा. कृष्णप्रसाद दाहाल त्रि.वि पाटन, संयुक्त क्याम्पस

फाेटाेमा हेर्नुहाेस्...

दुई थुगा फूल

Comments