विसंगत स्वरहरु बजारमा
असार १०, २०८०, आइतबार | विहान ०५:५७ बजे | 30
एबीसीडिखबरका समाचार संकलक ः पत्रकार प्रताप राना
काठमाडौं । नारी स्वर पत्रिकाका प्रधान सम्पादक एवं कथाकार हिरण्यकुमारी पाठकद्वारा लिखित ‘विसंगत स्वरहरु’ पुस्तक लोकार्पन भयो । भुगोल साहित्य समाज, काठमाडौंले आयोजना गरेको एक भव्य समारोहमा प्रमुख अतिथि श्री गणेश रसिकज्यूले उक्त पुस्तकको साथै शुशिला देउजाद्वारा लिखित ‘बालक’ पुस्तक पनि लोकार्पण गर्नुभयो । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकको टिप्पणीकार द्वय राजेन्द्र सुवेदी र ज्ञानु अधिकारीले समीक्षात्मक विवेचना प्रस्तुत गर्नुभएको थियो । यस पुस्तकमा संकलित २३ वटा कथाहरुको विषयमा नेपालको सामाजिक तथा सांस्कृतिक जीवन विशेषगरी नारी नै रहेको छ । समाजका कुरिती र अहिलेका समसामयिक जीवनका अनेक समस्याहरु पूर्ति गर्न विदेशीयकाहरुको विवरण यस पुस्तकमा कथाको माध्यमद्वारा पाठक समक्ष ल्याएको कुरा कथाकार हिरण्यकुमारी पाठकज्यूले आफ्नो मन्तव्य क्रममा प्रकाश पार्नुभयो ।
काठमाडौं दरबार मार्गस्थित नेपाल राष्ट्रिय वाणिज्य बैंकको सभाकक्षमा आयोजित यस कार्यक्रममा दार्जलिङबाट आउनुभएका साहित्यकार विना हाङछिम तथा नेपालका विशिष्ट साहित्यकारहरु लेकाली, डा. कार्की, डा. इन्दुल केसी, प्राज्ञ धु्रव मधिकर्मी, चुडाप्रसाद चौलागाई, तारा सुवेदी, मुना राई लगायत सयौं जना साहित्यकारहरुको उपस्थित रहेको थियो ।