नेपालको मौसम
असार १०, २०८०, आइतबार | विहान ०५:२४ बजे | 55
डा इन्दुल केसी
यहाँ एक महिना मनसुन
बाह्रै महिना भनसुन ।
नायक खलनायक कलाकार
सधैं तान्डव नृत्य गर्न तयार ।
आलो पालो नेतृत्वको भागवन्दा
माओवाद, समाजवाद, खाओवाद वर्वाद ।
राजनीति, कुटनीति, गुटनीति
कसैलाई पछार्ने, कसैलाई थचार्ने कुनीति ।
साउने झरी जस्तो प्रतिवद्धता, एकता
छिनछिनमा विभाजन को कता, को कता ?
बोलिबाट शब्दको गोलि बर्सन्छ
कथित जनयुद्धमा १७ हजार जनता स्वाहा ।
जो छ बहादुर, ५ हजारको जिम्मेवारी बोक्छ
अनि बाँकी बाह्रहजारको जिम्मेवार को हुन्छ ?
समाजवादी, राजावादी, खाओवादीमा भाँडभैलो
भागवन्दामा कसैलाई ह्याकुला, कसैलाई बाक्लो छाला ।
सोझा निमुखाहरुको घरमा चुल्हो बल्न गाह्रो
वीर नेपाली कहलाउनेहरु केवन मुक दर्शक ?
८८८८ २०८० असार ७