गजल


असार ८, २०८०, शुक्रबार | साँझ ०४:३७ बजे | 65


गजल

(कञ्चन जिआर )

म त हारेकी छैन , तिमी किन हार्दै छौ !?
म देखि टाढा हुन ,के मन अन्तै सार्दै छौ !?
सधै मुस्कुराउने तिमि, आसुले मुख धुदैछौ
अनेकौं पीडा मनमा बोकि छैन भनी, किन टार्दै छौ !?
समाज को त कामै यही हो, चियोचर्चा गर्ने
ती हल्लाहरुमा आफ्नो खुसी ,तिमी किन मार्दै छौ !?
जिवनमा उतारचढाव आइनै रहन्छ, बस सहिदिनु
स्वर्ग जस्तो जिवनलाई पनि नर्ग सरि, किन ठान्दै छौ !?
मेरो बल, तागत,शक्ति बनी ,मेरो रक्षा गर्ने रक्षक तिमी
सधै साथ दिन समतेको हात , तिमी किन छार्दै छौ !?

Comments