टाइम पास : आदिपुरुष र बालेन


असार ८, २०८०, शुक्रबार | दिउँसो १२:०१ बजे | 40


टाइम पास :    आदिपुरुष र बालेन

सुनील सापकोटा, कौशलटार ,भक्तपुर अचेल हिन्दी सिनेमा " आदि पुरुष " को नेपालमा मात्र होइन कि भारतमा पनि आलोचना र बिरोध भइरहेको अवस्था छ। काठमाडौंका युवा मेयर बालेनजीले उक्त सिनेमाको एक संवाद " सीता भारत कि छोरी हुन " भन्ने संवाद जबसम्म फिल्म बाट हटाइदैन , तब सम्म यो फिल्म काठमाडौंमा चल्न नदिने घोषणा गर्नु भएको कुरा मलाई पहिले ठिकै लागेता पनि सो फिल्मको सम्बन्धमा मुद्दा पर्दा यो सिनेमा लाई चल्न दिनु भन्ने हालै पाटन अदालतको आदेश लाई मेयरज्यूले मान्दिन भन्नु चाहिँ कति उचित होला ? रामायण एउटा मिथक हो। इतिहास होइन्। रामायण कथा पनि विभिन्न भाषाका पुस्तकहरुमा विभिन्न तरिकाले प्रस्तुत भएको देखिन्छ। भनिन्छ कि वाल्मीकि द्वारा लिखित " ओरिजनल " रामायणमा रामका छोराहरु लव र कुशको प्रसङ्ग नै छैन। यो पछी थपिएको प्रसङ्ग हो अरे। त्यस्तै उक्त रामायणमा रामलाइ " नन भेजिटेरियन " को रुपमा दर्शाइएको छ भने तुलसीदासको रामायणमा " भेजिटेरियन " रुपमा। त्यसैले मिथकको एउटा बिषयलाई लिएर अदालतको आदेशलाई मेयरज्यूले मान्दिन भन्नु कति सहि होला ? अहिलेको युग सस्तो मनोरञ्जनको युग हो। सस्तो साहित्य र कलालाई मन पराउनेहरुको बाहुल्यता छ । हिजोका मूल्य मान्यताहरु समय सापेक्ष परिवर्तन हुँदै गइरहेका छन्। हिजोको जस्तो गम्भीर भावनात्मक विषय वस्तु भएको कथा लाई त्यति आज मन पराइदैन। कलात्मक र भाबुक सिनेमा हिजोआज चल्दैन । सिनेमा हल भित्र हिजोको जस्तो आज कोहि पनि रुन चाहदैनन् । आज सिनेमा निर्माताहरुले बजार बाट कसरी मुनाफा कमाउने भन्ने कुरा लाई मात्र ध्यान दिएका हुन्छन । त्यस्तै सिनेकलाकारहरु लाई पनि पैसा चाहिएको छ । पैसा मिल्यो भने उनिहरु घटीया से घटीया भूमिका गर्न पनि तयार हुन्छन् । उनीहरु लाई कथा संग कुनै मतलब नै हुँदैन । त्यसैले युगको चलन लाई हेरेर हिजो आज सिनेमाको निर्माण भइरहेका छन । हिजोआज आफ्नो सनातन धर्म संस्कृति भन्दा आफ्नो निजि स्वार्थ र ब्यक्तिगत स्वतन्त्रतालाई बढी महत्त्व दिइन्छ। त्यस्तै हिजोआज देशमा जताततै राजनीति को प्रभाव देखिन्छ। सोर्स - फोर्सको जमाना छ । इमानदारी कतै देखिदैन । विद्वत्ता उपेक्षणीय सम्झिइन्छ । शालीनता त्याज्य छ । अनुशासन र धैर्यताको कमि छ । जता हेर्नुस् , लथालिङ्ग र भताभुङ्ग छ। पवित्रता कतै भेटिदैन। आजको युग क्यापलिज्म र ग्लोबलाइजेसन युग हो। त्यसैले हिजोआज धर्म , संस्कृति , रास्ट्रियता भन्दा पैसा, सुखसयल र मोज मज्जा लाई बढी महत्त्व दिइन्छ। त्यसैको एउटा बिम्ब यो फिल्म पनि होला। यो युग अभिशाप हो कि वरदान त्यो चाहिँ मलाई थाहा भएन । धन्यवाद

Comments