हामी बीर होइनौं
असार ५, २०८०, मङ्गलबार | विहान ०५:१० बजे | 35
सुनील सापकोटा ,
हामी वीर होइनौं
दोहरो चरित्रका हौं
पूर्खाको वीरताको गीत गाउँछौं
रास्ट्रियताको गर्व गर्छौं
तर बिदेशीले थिचोमिचो गर्दा
उनीहरुको अगाडी लम्पसार पर्छौं
हामि भाषणमा मात्र प्रतिवाद गर्छौं
आफ्नै सडक, गल्लि र चोकका
रेलिङ र भित्ताहरु भाच्छौं
आफ्नै घरमा आगो लगाउँछौं
अनि भेला र जुलुस गरि
बिरताको प्रदर्शन गर्छौं
हामि हत्या र हिंसा रुचाउँछौ
गरीब र असहायहरु लाई
पिटिपिटी मार्न जान्दछौं
विकलांग , बुढो र असहाय लाई हेप्छौं
अनि भ्रष्टाचार बाट सम्पत्ति जोडने लाई
समाजिक मान र सम्मान दिन्छौं
हामि एकातिर स्त्रीलाइ देवी मान्छौ
अर्कोतिर तिनिहरु लाई दबाउछौं
तिनको बलात्कार र शोषण गर्छौ
अनि पुरुषवर्गको इज्जत
स्त्रीको साडि भित्र रहेको ठान्छौ
हामी आफुले भ्रष्टाचार गरेर
अकुत धन जोडन पाउँदा
खुशी हुन्छौ , मख्ख पर्छौ
अनि अरुले भ्रष्टाचार गरेको देख्दा
रिस , डाहा र होहल्ला गर्छौं
हामि आफु लाई धार्मिक भन्छौं
एकातिर मन्दिर जान्छौं , चन्दा दिन्छौं
अर्कोतिर मन्दिरमा रहेका देवी देवताहरुको
बहुमुल्य मूर्ति र किमति जलहरि चोर्न
मौका परे हिचकिच्याउँदैनौ , पछी पर्दैनौ
हामि आफु लाई क्रान्तिकारी भन्छौ
विगतमा प्रजातन्त्रको अपहरण हुँदा
बत्ती बाली स्वागत गरेका थियौ
पछी गणतन्त्र आउँदा पनि
घर घरमा बत्ति बालेर स्वागत ग¥यौं
हामि हिजोआज हतास भएका छौ
निरास , निरिह , निमुखा भएका छौ
साष्टांग दण्डवतको मुद्रामा
बिदेशीहरु लाई निम्त्याउदैछौं
वैचारिक र आर्थिक दरिद्रताको
बोझमा थिचिएर निस्सासिंदै
आफ्नो दोगलापन र नपुंसकता छोप्दै
कुनै चमत्कारको प्रतीक्षामा छौं