ब्रिटिस काउन्सिल आईईएलटीएस प्राइज २०२३ ’ प्रतियोगिता हुने
असार ३, २०८०, आइतबार | दिउँसो ०१:३८ बजे | 20
काठमाडौं – ब्रिटिस काउन्सिलले पूर्वी र दक्षिण एसियामा ब्रिटिस काउन्सिल आईईएलटीएस प्राइज २०२३ का लागि आवेदन खुला गरेको छ । यो प्रतियोगिताले आईईएलटीएसको परीक्षा दिनेलाई अंग्रेजी बोल्ने विश्वविद्यालयमा शिक्षण शुल्कतर्फ ५ हजार पाउण्डसम्म प्राइज दिने बताइएको छ । काउन्सिललले आफ्नो प्रेस वक्तव्य जारी गर्दै यस वर्ष आईईएलटीएस प्राइज चीन, जापान, हङकङ, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, ताइवान, थाइल्याण्ड, भियतनाम, बंगलादेश, पाकिस्तान, नेपाल र श्रीलंकामा बसोबास गर्ने परीक्षार्थीका लागि खुला गरिएको जानकारी दिएको छ । आईईएलटीएसमार्फत स्थानीय वा विदेशमा स्नातक वा स्नातकोत्तर अध्ययनका लागि आवेदन दिएका विद्यार्थीका लागि यो अवसर रहेको बताइएको छ । आवेदन आगामी सेप्टेम्बर १५ सम्म दिन मिल्ने बताइएको छ । प्रत्येक देशमा रहेका प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत तीनजना प्रतियोगी छानिने ब्रिटिस काउन्सिलले जनाएको छ । ब्रिटिस काउन्सिल नेपालका परीक्षा महाप्रबन्धक म्याक्सिम राइमनका अनुसार ईईएलटीएस प्राइजको पुरस्कार पाउने विजेताहरूले विदेशमा आफ्नो अध्ययन सकारएर आफ्नो देशका समुदायमा ज्ञान फैलाउन विश्वाश व्यक्त गरेका छन्