प्रगतिशील लेखक सङ्घ भक्तपुरमा कार्यक्रम सम्पन्न
असार २, २०८०, शनिबार | दिउँसो ०१:४७ बजे | 80
जीवनाथ अधिकारी
भक्तपुर
प्रगतिशील लेखक सङ्घऽ भक्तपुरको आयोजनामा आज आदर्श मावि, लाय्कु, ठिमीको सभाकक्षमा पुस्तक लोकार्पण तथा भव्य कविगोष्ठी सम्मपन्न भयो । प्रलेसका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ डा मधुसुदन गिरीको पंमुख आतिथ्य तथा प्रलेस भक्तपुरका अध्यक्ष गणेश घिमिरे मार्मिकको अध्यक्षता तथा बुद्धिकुमार घो बिगुलबाट सञ्चालित तथा प्रलेस भक्तपुरका सचिव बाबुकाजी साछेँ श्रेष्ठले स्वागत गर्नुभएको उक्त ममारोहमा प्रलेस भक्तपुरद्वारा पंकाशित सामयिक सँगालो आलोक पत्रिकाको प्रमुख अतिथि डा गिरीले लोकार्पण गर्नुभयो भने सोअगाडि फूलका बिरुवामा जलसिञ्चन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । लोकार्पित आलोक समसामयिक सँगालोका बारेमा प्रलेस भक्तपुरका पूर्व अध्यक्ष तथा अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीले विस्तारित रूपमा समीक्षात्मक टिप्पणी गर्नुभयो ।
कार्यक्रमको दोस्रो चरणमा उपस्थित कविहरूले आआफ्ना रचना वाचन गर्नुभयो । बिच बिचमा प्रलेस केन्द्रीय सचिवालय सदस्य वैरागी जेठा, युद्धप्रसाद मिश्र प्रतिष्ठानका महासचिव नन्दु उप्रेती, वरिष्ठ साहित्यकार डम्बर घिमिरे, साझा प्रकाशनका पूर्व महाप्रबन्धक होमप्रसाद गौतमलगायतले कवितावाचनसहित शुभकामना प्रदान गर्नुभयो ।
कार्यक्रममा कविता वाचन गर्ने कविहरू निम्नानुसार हुनुहुन्थ्यो स्
१०डा सीता सुवेदी पन्थी ९मान्छे कहाँ हुन्छ र, शार्दूलविक्रीडित छन्द० २०लक्ष्मी थापा ९फुल्नुको अर्थ, मुक्त छन्द० ३० ड इन्दुल केसी ९शब्दचित्रमा, मुक्त छन्द० ४०जीवनाथ अधिकारी ९लास, अनुष्टुप छन्द० ५०विश्वनाथ ढुङ्गेल ९थोत्रा कपडा, गीतिलय० ६० होमपंरसाद गौतम ९सलाम छ विद्रोह, मुक्त छन्द० ७०सुशीला प्रधानाङ्ग ९देश, जनाता र मानव बेच्नेहरू, मुक्त छन्द० ८०जानुका गुरागाईँ ९यो बुद्धको देशमा, शार्दूलविक्रीडित छन्द० ९०छन्दविज्ञान निरौला ९छन्दविज्ञानशाला, मन्दाक्रान्ता छन्द० १००लालबहादुर भुजेल ९आफ्नै बिर्ता ठान्छौ, मुक्त छन्द० ११०टीका श्रेष्ठ ९अनुत्तरित प्रश्न, मुक्त छन्द० १२०पर्शुराम घिमिरे ९लघुकथा, कुकुरको संस्कार०१३०डिल्लीप्रसाद मूलतिहुन ९कार्यक्रम, शिखरिणी छन्द० १४० नन्दु उप्रेती ९माकुराकी आमा, मुक्त छन्दण १५०शालिकराम दाहाल ९बनाऊँ देश जब्बर, गीति लय० १६०दीनानाथ पोख्रेल ९दुखेसो, भुजङ्गप्रयात०१७० डम्बर घिमिरे ९खाऊँ कि नखाऊँ, भुजङ्गप्रयात छन्द० ।
कवितावाचन सकिएपछि प्रलेसका वागमति प्रदेश अध्यक्ष डा हरिप्रसाद सिलवालले वाचित कविताहरूको विशद् समीक्षा गर्नुभयो । उहाँले वाचित कविताका सम्पूर्ण पक्ष केलाउँदै विश्लेषणात्मक चर्चा गर्नुभयो ।
अन्तमा प्रमुख अतिथि डा गिरीले सम्बोधन गर्दै प्रगतिशीलतामा ध्वंसात्मक आलोचनाका सट्टा रचनात्मक आलोचना आवश्यक रहेको औँल्याउँदै आशावादिता र वर्गीय चेतना यसका मूल मर्म भएको बताउनुभयो । कार्यक्रमका अध्यक्ष गणेश घिमिरेले कार्यक्रम समापन गरनुभएको थियो
कार्यक्रम सकिएपछि ऐतिहासिक तलेजु मन्दिरका पासमा सामूहिक तस्बिरसमेत खिचिएको थियो ।