म हराए भनेँ


जेठ ३२, २०८०, बिहीबार | दिउँसो ०३:४४ बजे | 35


म हराए भनेँ

(कञ्चन जिआर)

अन्त कतै न खोज्नु मलाई
यदि म हराए भनेँ
तिम्रो दिलभित्रै भेटाउनेछौँ
साच्चै म हराए भनेँ।
कहिले तिम्रो आँखामा
त कहिले तिम्रो मुटुमा
लुकामारी खेल्ने छु
म तिम्रै परेलिमा।
दायाँ बाहा नहेर्नु तिमी
कतै म बिलाए भनेँ
तिमी भित्रै खोज्नु मलाई
साच्चै म हराए भनेँ ।
कहिलेकाँही त गाड्याङगुडुङ गर्दै
आकाशले पनि तर्साउछ मलाई
ती पल अङालोमा तानी
च्याप्प अङ्गालनु मलाई
कतै म डराए भनेँ ।
तिम्रो प्रेममा बेग्लै नसा छ
तिमी भित्र बेग्लै अदा छ
त्यो प्रेम के प्रेम
जस्मा कुनै पागलपन नै छैन भने
सम्हाल्नु मलाई बेहोसिमा
तिम्रोनाउ लिइ, कराए भनेँ ।
कि त हराउन देउ मलाई
तिमी भित्रै, तिमी नै बनेर
अनि खोज्नु मलाई
आँखा भित्र
मुटु भित्र
तिमी नै तिमी भित्र ।
May be an image of 1 person and smiling

Comments