कसको लागि नागरिकता विधेयक ?


जेठ ३१, २०८०, बुधबार | दिउँसो १२:२७ बजे | 45


कसको लागि नागरिकता विधेयक ?

नागरिकता विधेयकमा
सत्ता साटेको हो कि
प्रभु भनि बिन्ति चढाएको
मैले बुझ्न सकिन्न सरकार

के थियो तिम्रो भाकल
जनताको सार्वभौमिकता समेत
बन्धकीमा राखेर जनताको
सामान्य जीवन अलपत्र पार्न

माफ गर या
मेरो नागरिकता खारेज गर
जबसम्म विदेशीलाई हुन्न
शर्त सहितको नागरिकता

तबसम्म मेरो विरोध र आन्दोलन
तिम्रो कदमको विरुद्ध
आफ्नो ज्यानको बाजी
दिन तयार छु सरकार

उत्पादनको कामसाम छैन भन्दै
देशको खम्बा विदेशको डलरमा
बेचिँदा समेत परिवार मख्ख
तर रेमिट्यान्समा चलखेल

चाहे मलाई बली चढाइयोस्
तिम्रो प्रभुको सामु
म निडर भई हरबखत
लड्न तयार छु सरकार

रोजगार जीवनोपयोगी सीपयुक्त
युवा जनशक्ति विदेश पलायन
विदेशीलाई नागरिकतासँगै
प्राकृतिक सम्पदा सुम्पने सरकार

यो त अति भएन र
सिंगापुर बनाउने भन्दाभन्दै 
भुटानपुर बनाएर तिमीले
भारतको प्रान्त झैं बनायौ

Comments