टाइम पास : The Holy Land ( आर्यव्रत )
जेठ ३१, २०८०, बुधबार | विहान ०१:४० बजे | 80
सुनील सापकोटा , कौसलटार , भक्तपुर हिजोआज भारत र नेपाल बिच आ- आफ्नो मुलुकको पुरानो भन्दा पुरानो सांस्कृतिक नक्साको बिषयलाई लिएर जनमानसमा चर्चा चलेको देखिन्छ । त्यसै सन्दर्भमा एउटा सानो लेख लेखेको हुँ। हुनत यो नक्साको सत्यता कति होला त्यो भन्न म शक्तिन। हिमालय देखि विन्ध्याचल सम्मको भूभाग । हिन्दू पुराणहरुमा यसलाई मेलुहा , भारत वर्ष , जम्बूद्विप आदि लेखिएको पाइन्छ । जम्बूद्विप चाहिँ त्यो कालको भूगोल अनुसार भारतबर्षको उत्तराखण्ड लाई भनिन्थ्यो । त्यो बेला महाभारत कालमा भारत बर्षमा कैयौं ठुला साना जनपद र प्रमुख शहरहरु थिए । जस्तै केही यहाँ तल वर्णन गर्न चाहान्छु । त्यो बेला हाम्रो नेपाल पनि स- साना राज्यहरुमा बिभक्त थियो। ती स्थानहरु लाई समग्रमा हिमवत् खण्ड भनिन्थ्यो अरे। अहिलेको जम्बू कश्मिरको उत्तर पूर्व क्षेत्रका किराँतका भुभागहरु। यहाँ बाट पनि महाभारत युद्धमा गइ भाग लिएको देखिन्छ । यि राज्यहरु तथा स्थानहरु बाट महाभारत युद्धमा कौरव र पाण्डवको पक्षमा रहि त्यसबेलाका राजाहरु , वीर योद्धाहरु , सैनिकहरुले भयानक युद्ध लडेको देखिन्छ । कुन राज्य बाट कुन राजाहरु , कुन कति वीरहरुले युद्ध लडेका थिए भन्ने बारे लेख्दा लामो हुने भएकाले अहिले छोटकरीमा मात्र त्यो बेलाको स्थानहरुको नाउँहरुको जानकारीका लागि उल्लेख गरेको हुँ । १) गान्धार = आजको पाकिस्तानको रावलपिन्डि देखि सुदूर अफगानिस्तान सम्मको निश्चित भूभागहरु लाई भनिन्थ्यो । २) तक्षशिला = आजको गान्धारको राजधानी र ठुलो शहर । ३) केकय प्रदेश = आजको जम्मू -कश्मिरको उत्तरी क्षेत्र । ४) मद प्रदेश = केकय प्रदेश सङ जोडिएको देश । ५) उज्जनक = आजको नैनितालको छेउछाउको क्षेत्र । ६) शिवी देश = आजको पंजावको भूभागहरु। ७) कुरुक्षेत्र = आजको भारतको हरियाणा राज्यको अम्बाला भन्ने स्थानको भूभागहरु ।जहाँ महाभारतको प्रसिद्ध युद्ध भए को थियो। ८) हस्तिनापुर = अहिलेको मेरठको क्षेत्रहरु । ९) वर्नावत = मेरठ नजिकको भूभाग । १०) पान्चाल = हिमालय क्षेत्रको तल्लो भागहरु । ११) इन्द्रपस्थ = अहिकोको दक्षिणि दिल्ली । १२) बृन्दावन , गोकुल , बरसाना , मथुरा = यी चारै त्यो कालका जनपहरु आजको उत्तर प्रदेशको यमुना नदिको किनारमा रहेका भूभागहरु हुन । अहिले सम्म पनि सोही नाउँ प्रचलनमा रहेको देखिन्छ । १३) अंग देश = आजको उत्तर प्रदेशको गोंडा जिल्ला , जो हाम्रो नेपालगंज बाट नजिक पर्छ । १४) कौशाम्वी = अहिलेको काशी ( बनारस ) र इलाहावाद ( प्रयाग ) को केही भूभागहरु। १५ )एकचक्र नगरी = आजको बिहारको आरा जिल्ला । १६) मगध = आजको भारतको दक्षिणि बिहारको क्षेत्र । १७) प्रगज्योतीषपुर = आजको भारतको आसाम राज्यको कामख्याको छेउछाउ का भूभागहरु । १८) मणिपुर = आजको आसाम , नागालैण्ड , मिजोरम र वर्मा सहितको केही क्षेत्रहरु । १९) सिन्धु देश = आजको पाकिस्तानको सिन्ध प्रदेश २०) मत्स्य देश = अहिलेको राजस्थानको उत्तरी भूभाग २१) द्वारका = अहिलेको गुजरातको पश्चिमीतट । २२) अवन्तिका = अहिलेको मध्यप्रदेशको उज्जैन २३) चेदी = गंगा र नर्मदा नदि स्थित अहिलेको ग्यालियर क्षेत्रका भूभाग २४) सोणितपुर = अहिलेको मध्यप्रदेशको इटारसी भन्ने स्थानको भूभागहरु । २५) विदर्भ = अहिलेको बिहार र उत्तर प्रदेशका भूभागहरु। जहाँ त्यसबेलाका राजा कनिस्कको छोरी रुक्मणिलाइ श्री कृष्णले भगाइलगी बिवाहा गरेका थिए । अन्त्यमा , दुई देशको जनस्तर र मिडियहरुको बादबिवाद बारे म केहि भन्न चाहन्न । साथीहरूले आफैं सोच बिचार गर्नु होला । किनभने पुरानो भन्दा पुरानो सांस्कृतिक नक्सालाई लिएर छिमेकि संग लजुँघाको लडाइँ गर्नु आजको समयमा दुबै देशका जनताले समय खेर फ्याल्नु हो। बुद्धि बिलास मात्र गर्नु हो। धन्यवाद !
फाेटाेमा हेर्नुहाेस्...