मेरो साथी डा. इन्दुल के.सी.


जेठ ३०, २०८०, मङ्गलबार | विहान ०६:५५ बजे | 25


मेरो साथी डा. इन्दुल के.सी.

चन्द्रमान प्रधान
भूगोलविद्, पूर्व अध्यक्ष
लायन्स क्लब, नेपालका मित्रराष्ट्रहरू 
चीन र भारतको बीचमा भएका
सन्धि सम्झौताहरूको विश्लेषक
प्रारम्भ
सांस्कृतिक नगरी भक्तपुर नगरपालिका वडा नं ४ अवस्थित मंगलाछे टोलमा जन्मी हुर्कि मुलुकको सांस्कृतिक सामाजिक क्षेत्रमा कार्यरत मेरा साथी डा. इन्दुल के सी का वारेमा म केही शब्द लेख्न लागिरहेको छु । मेरा जीवनको आज ८४ वर्षमा मेलै टेकिरहेको छु । यस अवधिमा मैले मेरा बालसखा विद्यार्थी जीवनकालका सहपाथीहरू, विभिन्न सरकारी, गैरसरकारी निकायहरूमा उच्च ओहदामा कार्यालय प्रमुखभै काम गर्दाका बखत सम्पर्कमा आउनु भएका धेरै मित्रहरू लाइन्सक्लबको अध्यक्ष जस्ता अनेकौं सामाजिक संघसंस्थाहरूमा कार्यरत रहँदाको वेलामा सम्पर्क आउनु भएका सयौं साथीहरूको यादहरू मेरो मानस पटलमा अहिले पनि आइरहन्छ । त्यस्तै यादमा आइरहने मध्येको एक हुनु हुन्छ – डा. इन्दुल के.सी ।
भौगोलिक र सांस्कृतिक
भक्तपुर नगरको झण्डै बिच भागमा रहेको उहाँको घरको कौसिबाट मनमोहक दृश्यावलोक गर्ने बेला उत्तरतिर मनमोहक हिमश्रृंखला तथा पूर्वतर्फ पर्यटकीय नगरकोट डाँडा, दक्षिण तर्फ सूर्यविनायक मन्दिर र डोलेश्वर महादेव केदारनाथको सिरोभाग, हरियालीले छाएको सूर्यविनायक जसको दक्षिणतर्फ ललितपुर जिल्लाका केही भाग र काठमाण्डौ जिल्लाका केही भाग देखिन्छ भने घरको नजिक प्रसिद्ध पाँचतल्ले मन्दिर र ५५ झ्याल दरवार श्री वराही देवीको अतिकलात्मक प्राचीन मन्दिर लगायत छरछिमेकीका नेपाली शैलीमा माटो जोडाइ दची अप्पा तथा झिंगती छानाहरूको गुचमुच बस्तीहरू अझै कायम रहेको स्पष्ट देखिने भएकोले आकाशीय दृश्य उतिकै राम्रो तथा विचित्रको आनन्दायक दृश्यावलोकन गर्न पाइन्छ । इन्दुलको वारे केही लेख्न बसेका मलाई उहाँको घरबाट देखिने भक्तपुरको चारैतर्फको मनमोहक स्थानहरूका बारेमा मलाई लागेको कुरा यहाँ मैले पोख्दै अझै भक्तपुरे इन्दुलसँगजोडेर भक्तपुरका वरिपरि रहेको विभिन्न व्यक्ति डा. सत्यमोहन जोशीका केही संस्कृति सम्बन्धी सूर्यविनायक वारे अनि सल्लाघारी अरनिको राजमार्ग प्रख्यात जुजुधौ, राष्ट्रिय टोपी, हाकुपतासी भक्तपुरका नेवारहरूले बजाउने धिमे बाजा, बाँसुरी बाजा अनेकौँ नाचगान जगदिश शम्शेर राणा, नारायणमान विजुक्छेज्यूले लेख्नु भएको नाचगानका राजाधानी भक्तपुरका कलासंस्कृति भजन डाफा, ढल्चा ईत्यादीलाई संरक्षण सम्बर्धन गर्ने कार्यमा सक्रिय रहेका इन्दुल केसी स्वयम् संस्थापक अध्यक्ष भै विभिन्न संघ संस्थाहरूले चलाएको अन्य कार्यक्रमहरू संचालन गरेको म स्वयम्ले देखेको छु । यसैले पनि मेरा साथी इन्दुलको वारेमा मलाई बराबर याद आइरहन्छ ।
मेरो सम्झनामा
आज भन्दा झण्डै ३० वर्ष पहिले २०५० सालतिर जस्तो लाग्छ । मेरो मित्र इन्दुल केसी सँगमेरो भेटघाट नेपाल व्यवस्थापन संघमा भएको थियो । छिटोछिटो बोल्ने बानी भएको मान्छे, त्यसताको उहाँ सरकारी सेवामा सेवारत हुनुहुन्थ्यो । इन्दुलको रूचिको विषय स्थानीय विकास, मानसिक विकास, पर्यटन विकास जस्ता कार्यहरूमा प्रत्यक्ष परोक्ष रूपमा लागि रहेको मैले पाएँ । कानून व्यवसायको परामर्श सेवा, आफ्नै घरमा विदेशी पर्यटकहरुको लागि होमस्टेको कार्यमा पनि लागि रहेको पनि देखें । सरकारी सेवाबाट सेवा निवृत्त भएपछि इन्दुलले वैकल्पिक उपचार विषयमा पी.एच. डिग्री हासिल गरी प्राकृतिक चिकित्सा, योग प्रशिक्षक, जापानिज उपचार विधि, रेकी माष्टर इनर्जी हिलिङ विषयमा पनि आफूलाई संलग्न गरि रहेका इन्दुलसँग भक्तपुरमा म बरावर डुल्ने गर्छु । भक्तपुरको १ किलोमिटर उसँग हिँड्दा बीच बाटोमा ५० औं व्यक्तिहरूसँग भलाकुसारी मात्र होइन कामकुरै पनि भ्याइ सकेको हुन्छ । त्यसैले एक किलोमिटर बाटो हिड्न १ घण्टा भन्दा वढी समय मैले धेरै पटक विताएको छु ।
भक्तपुर नगरपालिकामा हामी
२०५०÷५१ सालतिरको कुरो जस्तो लाग्छ त्यसवेला मेरो मित्र श्री बासुदेवप्रसाद जोशी र इन्दुल केसी भक्तपुर नगरपालिकाका मेयर श्री ज्ञानवहादर न्याईच्याईको कार्यकालमा सल्लाहकार भै काम गरी रहनुभएको रहेछन् । उहाँहरूको सल्लाह अनुसार भक्तपुर नगरपालिकाको आर्थिक प्रशासनिक र आर्थिक सुधारको लागि मलाई अनुरोध गरी भक्तपुर नगरपालिकाको वारे अध्ययन अवलोकन गरी प्रतिवदेन प्रस्तुत गर्ने जिम्मेवारी दिइयो। उक्त कार्यमा डा. इन्दुल के.सी र मैले संयुक्त रूपमा भक्तपुर नगरपालिकाको गहन अध्ययन गरि विद्वान बासुदेव जोशी, सांसद नारायमान विजुक्छे, श्री चैत्यराज शाक्य लगायत धेरै मानिसहरूसँगहामीले छलफल गर्यो ।
नगरपालिकामा कार्यरत तत्कालिन कर्मचारीहरू र भक्तपुरका पर्यटक व्यवसायीहरूसँग पनि छलफल गर्यांै । विभिन्न व्यक्तिहरूसँगको छलफल, कार्यालयका लिखित दस्तावेजहरूको अध्ययन गरी नगरपालिकाको यथार्थ स्थिति बुझ्ने काममा हामी दुवैले २ महिना समय वितायौं । तत् पश्चात नगरपालिकाको प्रशासनिक एवंम आर्थिक अवस्थाको यथार्थ अवस्था केही सकारात्मक केही नकारात्मक स्थितिलाई बस्तुगत आधारमा पत्ता लगायौं । पत्ता लागेको तथ्यलाई विश्लेषण गरी भविष्यमा भक्तपुर नगरपालिकाले अपनाउनु पर्ने विभिन्न कार्यहरूको सुझाव सहित एउटा प्रतिवदेन तयार गरी नगर पालिकामा बुझायौं । उक्त प्रतिवेदनमा उल्लेखित धेरै सुझावहरू भक्तपुर नगरपलिकाले आफ्नो प्रशासनिक एवम् आर्थिक सुधारमा लागू गरेकोमा हामी दुवैलाई धेरै खुशी लाग्यो र आजको नगरपालिकाको यस अवस्थामा पु¥याउन हाम्रो अध्ययन प्रतिवेदनले रचनात्मक कार्य गरेकोमा हामीलाई सन्तोष लागिरहेको छ ।
इन्दुल केसीसँगको उक्त सहकार्यले दिएको धेरै सुझावहरू केहीलाई जानकारी हुनुपनि सान्दर्भिक होला वर्तमान समयमा नेपालमा नगरपालिकाको संख्यामा धेरै पुगेको सरकारले शहरी विकासका लागि विभिन्न कार्यक्रम चलाई रहेको अवस्थामा अन्य नगरपालिकालाई पनि आजको यो अवस्थामामा पु¥याउन सक्दछ भने मेरो विश्वास छ र आवश्यक हुने व्यक्ति वा सेवाग्राहीहरूले भक्तपुर नगरपालिकामा रहेको उक्त प्रतिवेदन हेर्नु उचित होला भन्ने थानेको छु । साथै उक्त प्रतिवेदन आवश्यक भएकाले हामीलाई सम्पर्क राख्न सक्नुहुनेछ ।
अन्तमा
मेरो साथी डा. इन्दुल के.सीको बहुआयामिक पक्षसँग जोडेर म मेरा मित्र सिमाविद् श्री बुद्धि नारायण श्रेष्ठ लगायत केही मित्रको सहभागितामा हामी अरू पनि रचनात्मक कार्यमा लागि रहेका छौं र यसमा पनि इन्दुल के.सीको सक्रियता रहेको छ ।

सम्पर्क नं. ९८४१३३४११३, ९८४९१९४४३३

फाेटाेमा हेर्नुहाेस्...

मेरो साथी डा. इन्दुल के.सी.

Comments