टाइम पास . धर्म बनाम अध्यात्म


जेठ ११, २०८०, बिहीबार | विहान ०७:२१ बजे | 5


टाइम पास . धर्म बनाम अध्यात्म

सुनील सापकोटा , कौशलटार , भक्तपुर एकजाना मेरा बुद्धिजीवी मित्र हुनुहुन्छ। उहाँ ईश्वरको अस्तित्व कतै छैन भन्नेमा बिश्वास राख्नुहुन्छ । वहाँ Non believar हो। मेरो विचारमा उहाँ धार्मिक होइन तर आध्यात्मिक चाहिँ हो। धर्म र अध्यात्म फरक कुरा हुन भनेर कसैले कुनै लेखमा कतै लेखेको कुनैदिन कतै मैले पढेको थिए। मलाई पनि धर्म र अध्यात्म फरक कुरा हुन भन्ने नै लाग्यो । तर हाम्रो समाजमा प्रायः धार्मिक ब्यक्तीलाई आध्या त्मिक ब्यक्ती भन्ने चलन छ। सामान्य अर्थमा धर्म भनेको धारण हो। जे धारण गरिन्छ त्यो धर्म हो भनिन्छ । धर्ममा धर्मिक नियमहरु, रितिथिती धारण गरिन्छ। धर्म सामु दायिक हुन्छ। तर अध्यात्म ब्यक्तिक हुन्छ। धर्मले बाँध्ने काम गर्छ । समर्पण गराउछ भने अध्यात्मले एक्लो पार्छ। संयास दिलाउछ। धर्म सरल हुन्छ। अध्यात्म कठिन हुन्छ। धर्मले समुहको निर्माण गर्दछ। संगठन र नियामहरु बनाउछ । धर्म कहिलेकाही शक्ति , राजनिती , सत्ता र साधनको उपकरण बन्न सक्छ । येस्ले समाजमा द्वन्द , युद्ध , हिंसा पनि गराउन सक्छ। जबकि धर्मको बिपरित अध्यात्मको यात्रामा ब्यक्तीलाई शुन्य तर्फ लान्छ। निजि यात्रा तर्फ लान्छ। अध्यात्मले समुह र संगठनको त्याग गराउछ। ब्यक्तिमा एकाग्रता को निर्माण गर्छ। चैतन्य तत्वको खोज गर्न उद्दत गराउछ। निजताको सम्बन्ध ब्यक्तिको वृत्ति ,संस्कार र चेतनालाई परिस्कृत गर्न संग रहेको हुन्छ । धर्मको मूल आधार इश्वर केन्द्रित छ। हाम्रो समाजमा साकार वा निराकार जे बिचार राख्ने ब्यक्ती भएपनी त्यसले पूजाआजा , तिर्थव्रत , उपासना , काजकृया र उस्का पंथिक नियामहरुको पालना बाँधिएकै हुन्छ l उस्ले जुन धर्म वा धार्मिक पंथ लिएको हो ( वेद , बाइबल , कुरान आदि ) लाई धेरथोर अनुसरण गर्दै सो बाटै निर्देशित हुन्छ वा त्यसलाई मानेकै हुन्छ । जबकी अध्यात्मले नयाँ नयाँ खोज गर्दछ। सच्चा आध्या त्मिक ब्यक्तिले इश्वर , मन्दिर , धार्मिक पुस्तक, पूजापाठ , काजकृया संग सरोकार राख्दैन। पुनर्जन्म , मुक्ति , मोक्ष, निर्वाणमा उस्को बिश्वास हुँदैन । आध्यात्मिक ब्यक्तिको उदेश्य ज्ञान प्राप्त गर्दै आफ्नो चेतना लाई परिस्कृत गर्नु हो। आत्म प्रकाश नै त्यस्ता ब्यक्तिको लक्ष हुन्छ । धन्यवाद !

Comments