राजनेता (politician) VS जननेता (Peoples`s Leader )


जेठ ६, २०८०, शनिबार | विहान ११:१५ बजे | 15


राजनेता (politician)  VS   जननेता (Peoples`s Leader )

सुनील सापकोटा कौशलटार , भक्तपुर दु:खको कुरा यो छ कि नेपालमा २०४६ पछी देशको राजनीति मा दुई - तीन जाना बाहेक अरु कुनै पार्टीका कोहि नेता पनि जननेता हुन् सकेनन् । प्रायः सबै ठुला राजनीति दलका नेताहरु सत्तामुखी भए। सिद्धान्तहिन भए । भ्रष्ट भए । चोर लाई हामिले बारम्बार भोट् दिएर चौकिदार बनायौ। जनताले यहाँ राजनेता र जननेताको भिन्नता नै बुझ्न नसकेको हुँदा आज हाम्रो मुलुक अधोगतीमा पुगेको अवस्था छ । कस्तो हुन्छ , राजनेता ? कस्तो हुन्छ त जननेता ? भन्ने बिषयमा मलाई लागेका केही कुराहरु यहाँहरु समक्ष राख्छु। १) मेरो बिचारमा राजनेताले गुट वा दलको निर्माण गर्छ । त्यसै दलमा बाँधिन्छ र दलको र आफ्नो ब्यक्तिगत लाभ मात्र हेर्छ भने जबकि प्रायःजसो जननेता कुनै दल बिशेषको हुँदैन। उस्को दृष्टिकोण जनहित मा समर्पित र सार्वजनिक हुन्छ। २) राजनेताहरु आफ्नो बिचारहरु जनता समक्ष राख्न वा संदेश पुर्याउन ठुला मिडियाहरु लाई प्रयोग गर्छन् । जूलूस , र्यालीहरु गर्छन् । बढीसे भिड एकत्रित गरेर सडकमा शक्तिको प्रदर्शन गर्छन् । जबकी जननेताले त्यसो नगरी उनिहरु गाउँ घरमा गएर जनता सङ प्रत्यक्ष संवाद गर्छन्। जनताको पिरमार्का बुझ्दछन। जनताको हकहितमा काम गर्छन् । ३) राजनेताहरुले मानिसहरू लाई आफ्नो दलको स्वार्थमा उपयोग गर्छन् । जबकि जननेताहरु मानव र मानवता प्रती समर्पित रहन्छन् । ४) राजनेताहरु सत्ताको आकांक्षा बाट प्रेरित हुन्छ भने जबकि जननेता हरु जनताको दु:खहरु लाई कसरी निवारण गर्ने विषयमा चिन्तित हुन्छन् ५) राजनेताहरुको लागि सत्ताको मूल्य सर्वोपरि हुन्छ । सत्ता प्राप्तिका लागि उनिहरु छल-कपट , झुठ , पाखण्ड, हत्या , हिंसा आदिको सहारा लिन संकोच मान्दैनन् भने जबकि जननेताहरु सामाजिक- राजनैतिक जीवन मूल्यहरु प्रती समर्पित हुन्छन्। ६) हाम्रो देशमा विभिन्न राजनैतिक दलहरु बाट( जिल्ला, प्रदेश र केन्द्र) को विभिन्न पदहरुका उम्मेदवारहरु भइ जो गुंडा, पैसा र प्रशासनको बलमा भोट् जितेर माथी गए तिनीहरु तथा जो जातिय , लैङ्िगक र समाबेशी आधारमा जो विभिन्न पदहरुमा आसिन भए ती सबै राजनेताहरु थिए र अहिलेका पनि त्यस्ता राजनेताहरु नै हुन् । ती जननेता होइनन् । जबकि आफ्नै सुकर्म , जनसेवा र बौद्धिक बिचार बाट निस्वार्थ भावले राजनीतिमा लागेर निर्वाचनमा जनताको मन जितेर गएका ब्यक्तिहरु चाहिँ भविष्यमा जननेता हुने सम्भावना बोकेका नेता हुन सक्छन् भन्दा फरक नपर्ला। ७) राजनेताहरु सधै बाहुबली , धनबली , बिचौलियाले घेरिएका हुन्छन् भने जबकी जननेताहरु प्रायः एक्लो नै देखिन्छन् । ८) राजनेताहरुले चुनाव जित्नको लागि जे पनि कुकर्महरु गर्न तयार हुन्छन भने जननेताहरु बरु हार्न तयार हुन्छन् तर उनीहरु चुनाव जित्नको लागि कुकर्म गर्न तयार हुँदैन । ९) राजनेताहरुले जननेताहरु लाई फुटेको आँखाले पनि देख्न सक्तैनन। जननेताको चरित्र हत्या गर्न र उस्को ब्यक्तित्व लाई खसाल्न राजनेताहरु जहिले पनि उद्दत रहन्छन् भने जननेताले कहिले पनि राजनेता संग प्रतिशोधको राजनिती गर्दैन । ** धन्यवाद !

Comments