गुणस्तरीय शिक्षाको लागि अभिभावकको भूमिका


जेठ ४, २०८०, बिहीबार | विहान ०४:४६ बजे | 40


गुणस्तरीय शिक्षाको लागि अभिभावकको भूमिका

रामकृष्ण प्रजापति, 
पृष्ठभूमि ः– 
एकाइसौं शताब्दी प्रतिस्पर्धाको युग हो । आपूmलाई सबल र सक्षम बनाउन शिक्षा नभई नहुने मूल मन्त्र भएको छ । त्यसैले गुणस्तरीय शिक्षा आवश्यकता बोध  भएको छ । बालबालिकाहरु अन्तरनिहित प्रतिभाहरु बोकेर जन्मिन्छन् । ती प्रतिभाहरु शिक्षाको माध्यमबाट प्रष्फुटन हुन्छ । विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउन अतिरिक्त क्रियाकलाप र प्रतियोगिताहरु आवश्यक छ ।
अभिभावक संघ नेपाल जिल्ला कार्य समिति भक्तपुर पनि असंगठित रुपमा रहेका अभिभावकहरुलाई एकताबद्ध गरी अगाडि बढाउन गठन भएको कुरा सहर्ष जानकारी गराउन चाहन्छौं । सम्पूर्ण अभिभावकहरुको समस्याहरुलाई समेट्दै सुझाब र सल्लाहलाई आत्मसात गर्दै शिक्षा क्षेत्रमा भईरहेको विकृति, विसंगति, मनपरितन्त्र, व्यापारिकरण, चर्को शुल्क बृद्धि, महंगी, बालबालिका माथि यातना, शैक्षिक संस्था बन्दको विरोध तथा भौतिक सुबिधा र गुणस्तर युक्त शिक्षाको लागि अभिभावकहरु संगठित रुपमा अगाडि बढ्ने प्रणका साथ कार्य गरिरहेका छौं । शिक्षा जस्तो अपरिहार्य आवश्यकतालाई सस्तो, सुलभ, गुणात्मक र बैज्ञानिक शिक्षा बनाई राष्ट्र विकासको लागि आवश्यक जनशक्ति तयार गर्न तथा शिक्षामा भई रहेको व्यापारीकरणलाई हटाई सर्वसाधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम राख्ने अभिभावकहरुको चाहना हुन्छ । 
अभिभावकहरुको अनिवार्य सस्तो सुलभ, गुणस्तरीय र बैज्ञानिक शिक्षा बनाउन आवश्यक बातावरण सिर्जना गर्ने उद्देश्य हुन्छ । शिक्षा लिन पाउनु वालवालिकाको नैसर्गिक अधिकार हो । शिक्षा राज्यको दायित्व हो । त्यसैले यसलाई अन्तरिम संविधानमा पनि मौलिक हक अन्तर्गत राखिएको छ । शिक्षा क्षेत्रमा आफ्नो जीवन अर्पेका शिक्षक कर्मचारी लगायत सवैको रोजगारीको स्थायित्व, बृत्ति विकासको लागि राज्यले जिम्मेवारी बहन गर्नै पर्छ । अभिभावकहरु आफ्नो छाक काटेर वालवालिकाहरुको गुणस्तरीय र उच्च शिक्षाको निम्ति सचेत छन् । प्रत्येक अभिभावकले आफ्नो आम्दानीको कम्तिमा २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्छ । सामान्य एक जना कार्यालय सहयोगीले सुरुको मासिक तलब रु.२२९१२।– पाउँछ । त्यसको २० प्रतिशतले मासिक रु.४५००।– रुपैंया शिक्षामा मात्र खर्च गर्नुपर्छ भने हामी अभिभावकहरुको धारणा रहेको छ । त्यहि अनुसार ख्वप कलेजको प्रादुभाव भएको हामीले सुनेका थियौं । 
शिक्षा के हो ?
ब्यक्तिको ज्ञान, सीप र धारणामा परिवर्तन गर्दै ब्यवहारमा सकारात्मक परिवर्तन ल्याउने सशक्त माध्यम नै शिक्षा हो । 
शिक्षा किन ? 
ब्यक्तिको व्यवहारमा परिवर्तन ल्याउन अथवा ज्ञान, सीप र धारणामा परिवर्तन ल्याउन शिक्षा आवश्यक छ । ब्यक्तिले गर्नुपर्ने काम दक्षतापूर्वक गर्न सिकाउने कुरामा सकारात्मक परिवर्तन ल्याउन यसको प्रयोजन गर्दछ । 
परिवर्तन के हो ? 
परिवर्तन भनेको दैनिक व्यवहारमा रुपान्तरण गर्न नयाँ सोचाई उत्पत्ती गर्ने एउटा प्रक्रिया अथवा परिवर्तन प्रत्यक्ष रुपमा देखाउने व्यवहारिक स्वभाव, सोचाई र भावनामा आउने फरकपना हो । परिवर्तनका लागि सिकाईका ३ व्यवहारिक आयामलाई स्विकार गर्नुपर्दछ ः– ज्ञान, सीप र धारणा ।
सिकाई के हो ? 
 व्यक्तिको ज्ञान, सीप र धारणामा परिवर्तन ल्याई व्यवहारमा परिवर्तन ल्याउने शिक्षाको प्रक्रिया नै सिकाई हो । व्यवहार परिवर्तनका ४ आयामहरु ज्ञान, सीप, धारणा र व्यवहार हुन । 
ज्ञान के हो ? 
ज्ञान भनेको विषयगत सत्यतथ्य, सिद्धान्त र जानकारी नै ज्ञान हो । 
सीप के हो ? 
ज्ञानको व्यवहारिक प्रयोग नै सीप हो । जस्तै हात तथा शारीरिक अंगसंग सम्बन्धित (बिरामी जाँच्नु, घर बनाउनु, चित्र बनाउनु, कम्प्युटर चलाउनु) त्यस्तै बौद्धिक क्रियाकलापसंग सम्बन्धित(सञ्चार गर्ने र प्रशिक्षण दिने) हो सीप सिक्न स्मरण गरेर मात्र पुग्दैन, निरन्तर अभ्यास चाहिन्छ ।
धारणा के हो ? 
 धारणा भनेको गहिरो छाप परेको विचारधारा हो । यही विचारधारा अनुरुप व्यक्तिले गर्ने व्यवहारबाट प्रवृत्ति प्रदर्शन गर्दछ अथवा धारणा प्रस्तुत गर्दछ ।
व्यवहार के हो ? 
व्यवहार भनेको सिकेको सिकाईलाई आफ्नो व्यवहारमा लागु गर्ने हो ।
सक्रिय सुनुवाई के हो ? 
सिकाई प्रभावकारी बनाउन सकृय सुनुवाईको आवश्यक पर्दछ । एक कानले सुन्ने अर्कोले उडाउने हो कि ? अमृत नै ल्याएपनि वास्तै नगर्ने हो कि ? मलाई सबै थाहा छ घमण्डी भएर बस्ने हो कि ? अर्थको अनर्थ लगाउने(उल्टो बुझ्ने) हो ? जिज्ञासु, सिक्न चाहने, उत्प्रेरक, लगनशील, दृढ र विश्वासिलो सुनुवाईले मात्र सिक्न सकिन्छ । यही नै सक्रिय सुनुवाई हो । हामीले जीवनमा के चाहन्छौं ? प्रगति चाहन्छौं तर प्रगति सकारात्मक र नकारात्मक हुन्छ । प्रगति माध्यम भनेको सिकाई नै हो । त्यसैले जसले सिक्छ ऊ अगाडि बढ्छ । जसले सिक्दैन ऊ पाखा लाग्छ । जसले सिक्छ तर लागि पर्दैन ऊ कमजोर र अशक्त बन्दै जान्छ । जसले सिक्नकै लागि सिक्छ ऊ सधैं अनि लगातार सफल हुन्छ । यो प्राप्तिका लागि सकृय सुनुवाई अति महत्व हुन्छ । सिकाउने र सिक्ने व्यक्तिहरुको स्वभावको अवस्था पनि फरक फरक छन् । कोही म ठिक अरु बेठिक अथवा मेरो गोरुको बा¥है टक्का भन्नेहरु । कोही के हुन्छ हेरौं न त अथवा वार्ता स्वभावको । कोही यो कुरा ठिक छ अथवा समझदारी गर्ने प्रकारको । कोही हामी एक हौं अथवा निर्णय प्रकृयासम्म पुग्ने निर्णायक अथवा सफलतामा पुग्ने सफल व्यक्तित्व हो । 
गुणस्तर शिक्षा के हो ?
देश, युग, समाज र संस्कारको नीति र विषयगत तथा तहगत उद्देश्य पूर्तिका लागि तय गरिएको पाठ्यक्रममा उल्लेखित क्रियाकलापका माध्यमबाट सिकाई उपलब्धी हासिल हुने मापनका वा मुल्याङ्कन नै गुणस्तरिय शिक्षा हो । वास्तवमा घोक्ने र घोकाउने प्रणाली गुणस्तर शिक्षाको आधार नभएर ज्ञान आर्जन र त्यसलाई सही रुपमा व्यवहारमा उतार्ने कुशलता नै शैक्षिक गुणस्तर हो । परीक्षाको उत्कृष्ट नतिजालाई मात्र गुणस्तरीय मापनको आधार मान्न सकिन्दैन । त्यसैले बालबालिकाहरुले दिएको परीक्षाको नतिजालाई मात्र निरपेक्ष ढंगले हेर्न पनि मिल्दैन । मुख्य गरी देश र जनताको सेवा गर्ने हेतुले देश विकासको लागि आवश्यक जनशक्ति तयार गर्न र हत्या, हिंसा, भ्रष्टाचार बढेको बेला समाजमा भएका विसंगति, विकृतिहरु हटाई शान्ति, सदाचार र शिष्टाचार सहितको नैतिक एवं व्यवहारिक शिक्षा आवश्यक छन् । यसमा कतिको सफल ज्ञान प्राप्त गरेको छ यतातिर पनि ध्यान दिनु पर्छ । यसको पनि नतिजा अनुसार गुणस्तरमा मुल्याड्ढन हुनु पर्छ । 
बालबालिकाको शैक्षिक गुणस्तर उकास्न अभिभावकहरुको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले अभिभावकहरुले आफ्नो बालवालिकाहरुको स्वास्थ्यदेखि लिएर उनीहरुको चाहना अनुरुप व्यवहारीक एवं कानुनी ज्ञान दिनु पर्छ । जसले गर्दा अनैतिक कार्यतिर उन्मुख हुनबाट रोक्न सकिन्छ । साथै उनीहरुको बानी व्यहोरा, संगत ठिक छ छैन हेरविचार गरिरहनु पर्छ । बालबालिका विग्रनुमा संगत, शिक्षक र अभिभावकको हात रहन्छ । एउटा उखान पनि छ ‘तेल के हेर्नु तेलको धारा हेर्नु, छोरा के हेर्नु छोराको संगत हेर्नु’ । बालवालिकाहरुको संगत विकृति फैलाउने संग प¥यो भने समाजलाई नै विकृति तर्फ धकेलिन्छ । विस्तारै लागुपदार्थ दुव्र्यसनीतिर उन्मुख हुन्छ । आजकालका केही बालवालिकाहरु स्कूले जीवनदेखि नै भागेर जा“ड, रक्सी र चुरोट खाने गरेको पाईन्छ । त्यसैले उसको संगत कोसंग छ भने कुरा अभिभावकहरुले ध्यान पु¥याउनु पर्छ । बालवालिकहरुको पहिलो पाठ्शाला घर त्यसपछि विद्यालय अनि समाज भने झैं प्रत्येक व्यक्ति प्रथमतः पारिवारिक जीवनसंग गाँसिएको हुन्छ । त्यसपछि समाज, राष्ट्र र त्यस्तै अरु संग........ । पारिवारिक माया, ममता र स्नेहको कमी तथा समझादारी नहुनु एवं पारिवारिक कलहले वालवालिकालाई निराशा र विकृति तर्फ प्रोत्साहन गर्दछ । मनोविज्ञानका प्रवर्तकहरु भन्छन् शारीरिक यातना भन्दा मानसिक यातना असह्य हुन्छ । यसरी विकृति र विसंगति बचाउने शिक्षा नै गुणस्तरीय शिक्षा हो । 
अभिभावकको भूमिका ः–
हाम्रा पूवर्जहरुको एउटा श्लोक रहेको छ ः– उपाध्ययन् दशाचार्य आचायणं । सहस्रंतु पितृन् माता गौरवेणातिरिच्चते ।। जसको अर्थ हुन्छ दश जना उपाध्यायभन्दा एक जना आचार्य, सय जना आचार्यभन्दा एउटा बुबा र हजार बुबाभन्दा एउटी आमा बालबालिकाका निम्ति महत्वपूर्ण हुन्छन् । यसबाटै प्रष्ट हुन्छ एउटा बालबालिका वा विद्यार्थीका लागि अभिभावकको भूमिका कति अमूल्य छ भन्ने कुरा प्रष्ट छ । त्यसकारण शिक्षामा गुणस्तर कायम गर्नको लागि तीन वटा पाङ्ग्रा अभिभावक, शिक्षक र विद्यार्थी मध्ये एउटा पाङ्ग्रा पञ्चर भयो भने ट्राईसाइकल अगाडि बढ्न सक्दैन । शिक्षामा गुणस्तर कायम गर्नका लागि पनि अभिभावकको भूमिका कम अथवा कमजोर हुने वित्तिकै समग्र गुणस्तरीय शिक्षामा असर र प्रभाव पर्ने देखिन्छ । बालवालिकाहरुलाई सिकाउन आमाबुबाको भूमिका विकसित हु“दैछ । अभिभावक बालवालिकालाई सिकाउने नमुना हुनुपर्छ । शिक्षाको बारेमा अभिभावकको दृष्टिकोणले बालबालिकाहरुलाई प्रेरित गर्न सक्छ र कसरी बालबालिकाको शैक्षिक यात्राको मूल्याङ्कन गर्ने थाहा पाउनु पर्छ । 
रोल मोडेल ः– 
बालबालिकाको पहिलो पाठशाला घर हो भने घरको शिक्षक अभिभावक हो । जन्मेदेखि स्याहारसुसार गरेर तोतेबोली सिकाउने, खुवाउने, बामे सर्ने, हिड्डुल गराउने प्रारम्भिक शिक्षक अभिभावकले आफ्नो घर वरपर भूगोल र समाज बारे शिक्षित गर्छ । घरसंगै शुरु भएको शिक्षा बालवालिकाको औपचारिक स्कूलमा विस्तार भएपछि शिक्षा कति रमाईलो र अर्थपूर्ण छ भनेर बुझाउनुपर्छ । आधारभूत स्कूलका बालवालिकालाई मार्गदर्शन गर्ने र स्मरणशक्ति बढाउन अभिभावक घरमा सिकाउने रोल मोडेल अथवा उदाहरणीय शिक्षक हुनुपर्छ । 
मनपराउने कुरामा ध्यान ः– 
आमाबुबाले गर्न सक्ने सबैभन्दा महत्वपूर्ण काम भनेको बालवालिकाको मनपर्ने बिषय के हो ? सो विषय सम्झेर त्यसमा ध्यान दिई अध्यापन गराउनु पर्छ । बालबालिकाहरुको स्वभाव र रुचि पत्ता लगाई सोही अनुसार मन पराउने तरिकाबाट सिकाउनु पर्दछ । 
रुचिको माध्यमबाट सिकाउने ः– 
बालवालिकालाई सिकाउनका लागि तरिकाको खोजी गरी चित्रकलामा रुचि हुनेले हेरेरै तस्बिरहरु बनाउँछ, कसैले स्पर्श अनुभवहरु मार्फत सिक्छन् । कसैले संगितको माध्यमबाट बढी सिक्छन् । बालवालिकाले कसरी सिक्छ भने कुरामा ध्यान दिएर रुचि स्पष्ट पार्न सक्नु पर्छ र त्यसबाट उपलब्धि कसरी हासिल गर्ने हो हरेक विषयमा बर्णन गरिदिनु पर्छ । 
स्कूलमा के सिक्छ अभ्यास ः– 
बालबालिकाले स्कुलमा सिकेका कुरा अभ्यास गर्न आवश्यक सहयोग गरी प्रोत्साहन गर्नुपर्छ । अभ्यासले स्मरणशक्ति बृद्धि गर्दछ । सिकाईको स्तरमा आधारभूत बृद्धि, ज्ञान पहिचानको तहमा के कति सफलता हासिल गर्यो भने उनीहरुको व्यक्तिगत अभ्यासबाट थाहा पाउन सकिन्छ तर यसको समिक्षा गर्न समय लाग्न सक्छ । 
संगै पढ्नको लागि समय छुट्याउनु ः–
बालवालिकालाई नियमित रुपमा स्वर निकाली पढाउनु होस । यदि बालवालिका अनिच्छुक पाठक हो भने स्वर निकाली पढ्दा राम्रो साहित्यको संरचना र शब्दावलीमा ध्यान केन्द्रीत भई उत्साह र रुचि बढाउँछ । पुस्तक पढ्दा संगै पढे मद्दत पुग्छ र गा¥हो भए विकल्पमा कोशिस गराउनुपर्छ । अभिभावकले पढेर देखाउँदा बालवालिकाले मन पराएर आफै पुस्तकहरु पढ्न थाल्छ । 
दैनिक जीवनको गतिविधिबाट के सिक्छ त्योसंग जोड्नुहोस ः–
तपाईंको बालवालिकाको दैनिक क्रियाकलापमा सहभागी हुँदा उनीहरुमा प्राकृतिक जिज्ञासाहरु उत्पन्न हुन्छ । तब तपाईसंगै भान्छा कोठामा वरपर भएको सामानहरु बारे जानकारी दिनुहोस् । जब तपाई कारमा ड्राईभ गर्नुुहुन्छ, चालक अनुमतिपत्रका ट्राफिक चिन्ह र नियमहरु बारे जानकारी दिनुहोस् र राज्यहरुको बारेमा, समिश्रण कसरी घोल्छ सोधपुछ गर्नुहोस । मौसम परिवर्तन किन हुन्छ ? किन समुद्र किनारमा यति तातो भएको कुरा गर्नुहोस् । बालवालिकाको विचारहरु सुन्दै र कुराकानी गर्दा नयाँ नयाँ कुराहरु सिकेर अध्ययनमा रुचि बढाउँछ ।
संसारको गतिविधिले के सिक्छ त्योसंग जोड्नुहोस ः–
स्कूलको शिक्षालाई विश्व घटनाहरुमा जोडेर सिकाउनुपर्छ । उदाहरणको लागि भर्खरको घटनाको बारेमा थाहा छ कि छैन, त्यसबारे के सुनेको छ ? दुर्घटनामा के गर्न सक्छन् ? सोध्नुहोस् (जस्तै विपद्बाट बच्न के गर्नुपर्छ ?) । केही घटना बारेमा सुनेको छ र पत्ता लगाउ“दछ भने त्यसबारे के प्रतिकृया दिन्छ ? यसले प्रथामिक उपाचार गर्न मद्दत पुग्दछ । 
शिक्षाको जिम्मेवारी ः–
बालवालिकाहरुलाई सिकाउने जिम्मा लिनुपर्छ र यसको लागि जिम्मेवार बन्नुपर्छ । बालबालिकाहरुको सफलता र असफलताको लागि उतरदायि भई रमाइलो तरिकाबाट सिकाउनुहोस र बाह्य पुरस्कारले होइन मन भित्रैदेखि सिक्ने चाहना उत्पन्न गराउनुहोस् । 
बालवालिकालाई अत्याधिक तालिका नदिनुहोस ः–
अतिरिक्त क्रियाकलापहरुको साथै स्कूल गृहकार्य कति गर्न सक्छ त्यतिमात्र कार्य तालिका बनाएर पढाउनुहोस् । बालवालिकाहरुलाई उदास हुन नदिन अतिरिक्त पाठ्यक्रम गतिविधिहरु आवश्यक पर्दछ । यदि बालवालिकाको गृहकार्य र सामुहिक खेल र संगीतको पाठ र नाचघरका विषयमा आफ्नो रुचि अनुसार विद्यार्थीहरु द्रुत गतिमा सिक्न रमाउ“छ । बालबालिका वास्तवमै सिकाईबाट आनन्द लिईरहेको छ कि छैन भने विषयमा अभिभावकले ध्यान दिनु पर्छ । 
कममात्र मोबाइल देखाउनुहोसः–
मोबाइल र टेलिभिजनले बालवालिकाहरुलाई आफ्नै चासो बृद्धि गर्ने, अनुसन्धान गर्ने अवसरबाट बञ्चित गरी अनावश्यक कुरामा भुलाई राख्छन् । यद्यपि पुस्तकहरु, खेलौना, शिल्प र साथीहरुसंग विताएका समयले बालवालिकाहरुलाई आफ्नै विषयहरु, रुचिहरु, सीपहरु, समाधानका उपाय र दक्षता विकास गर्दछ । 
नया“ सिक्नु होस्ः–
बालवालिकाको लागि सिकाई प्रक्रियाको नमुनाको लागि नया“ कुरा सिक्नु एक उत्तम तरिका हो । नया“ भाषा वा शिल्पि, अपरिचित शीर्षकका नयाँ नयाँ किताब पढ्नुहोस । अभिभावकले सिकेको र संघर्षबाट बालबालिकाले नजिकबाट नियालेर अध्ययन कला सिक्न सक्छ । संयुक्त अध्ययनले बालबालिकमा अझबढी सिक्नेछ ।
त्यसैले अभिभावक समग्र शिक्षाको मात्र नभएर सम्पूर्ण शिक्षाको पाठशाला हुन । त्यस कारण पनि हरेक क्षेत्रमा बालबालिकाको भविष्य निर्धारण गर्ने प्रमुख मियोका रुपमा लिईन्छ । हरेक अभिभावकले आफ्नो बालबालिका राम्रो होस, उत्कृष्ट होस र उसको भविष्य सुन्दर होस भन्ने चाहन्छ तर त्यसका निम्ति आफ्नो दायित्व निर्वाह गरे वा गरेनन भन्ने मूल कुरा हो । एउटा बालबालिकालाई अनुशासित र कुशल नागरिक बनाउने वातावरण सृजना गर्ने, उसका हरेक इच्छा, आकांक्षा रुची प्रतिको ध्यान दिई गन्तव्य तय गराउनु पर्छ । अभिभावक र बालबालिका बीचको गन्तव्य फरक भएमा त्यसले प्रभाव पार्ने देखिन्छ । त्यस कारण अभिभावकको र बालबालिकाकोबीच राम्रो समन्वय र एउटा असल साथी भएको खण्डमा मात्र एउटा मिसन सफल र उत्कृष्ट हुन जान्छ । परिवेश र समय अनुकुल अभिभावकको भूमिका अति नै गतिशील हुनुपर्दछ । अन्त्यमा एउटा कुशल नागरिक अथवा विद्यार्थी वा बालबालिकाको सिकाईको अन्तिम गुरु अभिभावक नै हुन त्यसकारण आफ्ना बालबालिकाको निगरानी बढाउन सहि गोरेटो हिडाउन सफल नागरिक बनाउने एक मात्र पात्र अभिभावक नै हुन त्यसको कुनै विकल्प छैन । त्यति मात्र नभएर गुणस्तरिय शिक्षा आर्जन गर्न समेत अभिभावकको जिम्मेवारी नै प्रमुख हो । 
विद्यार्थीको भूमिका ?
विद्यार्थीको धारणा कस्तो हुनुपर्छ भन्ने कुरा पनि महत्वपूर्ण कुरा हो । विद्यार्थी आफैमा धारणा परिवर्तन गर्नु जरुरी छ । विद्यार्थीले विद्यालय, शिक्षकप्रति सकारात्मक धारणाको विकास गर्नुपर्दछ । विद्यालयप्रति सकारात्मक धारणा र आकर्षणले सफलतालाई सहयोग गर्दछ । विद्यार्थीले शिक्षकलाई आदर नगर्ने, जिस्क्याउने, शिक्षकको पछाडि कुरा काट्ने, शिक्षकको उपनाम राख्ने आदि गर्ने विद्यार्थीले उक्त शिक्षकबाट केही कुराको ज्ञान लिन सक्षम हुँदैन । शिक्षक प्रति सकारात्मक धारणा राखे विद्यार्थी ज्ञान, सीप हासिल गर्न उत्प्रेरित भई सफल हुन सक्छ । विद्यार्थीको मनमा भएको डर, त्रासले उसलाई सिक्ने वातावरण सिर्जना गर्दैन । विद्यार्थीले शिक्षक हाम्रो गुरु हो र हामी शिक्षकको चेला हौं भन्ने कुरालाई विर्सनु हुँदैन ।
शिक्षकको भूमिका ?
शिक्षकको धारणा कस्तो हुनुपर्छ भन्ने कुरा पनि अर्को महत्वपूर्ण पक्ष हो । विद्यार्थीको मात्र धारणामा परिवर्तन भएर हुँदैन । शिक्षकको पनि धारणा सकारात्मक हुनु अत्यावश्यक छ । शिक्षकले विद्यालयप्रति आस्था र विश्वास राख्नु पर्दछ । समुदायका मानिसलाई आफ्नो सकारात्मक प्रभाव पार्ने खालको काम–व्यवहार गर्नु जरुरी छ । विद्यालयलाई माया गर्ने, विद्यार्थी र विद्यालयप्रति उत्तरदायी हुनु पर्दछ । विद्यालयको लागि समय दिन सक्ने खालको हुनुपर्दछ । बालबालिकाहरु विकृति तर्फ उन्मुख हुनुमा शिक्षकहरुपनि दोषी देखिन्छ । विभिन्न उपायहरुद्धारा वालवालिकालाई सचेत बनाई परिश्रमी र उन्नतिशील समाजको श्रृजना गराउन सहयोग गर्ने शिक्षकहरु मध्ये कोही शिक्षालाई व्यवसायिक दृष्टिले हेर्छन भने कतिले यसलाई मात्र फुर्सदको कार्य सम्झिन्छन् । कति त यति अव्यहारिक हुन्छन् कि अनुशासन र नैतिकता के हो ? परिभाषा त परै जाओस शब्द समेत भन्न विर्सन्छन् । परिणाम स्वरुप बालवालिकाको जीवनलाई एक खेलौनाको रुपमा लिन्छ र मनुष्य भएर जन्मिनुको अर्थ र महत्व बुझ्दैन । बालबालिका स्वतःलक्ष्यहीन हुन पुग्छन् । 
निष्कर्ष ः– 
गुणस्तरीय शिक्षाको लागि अभिभावक, विद्यार्थी र बालबालिकाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । धन्यवाद !
अध्यक्ष, अभिभावक संघ नेपाल, भक्तपुर जिल्ला समिति

Comments