बिनायक शिक्षामा activity based learning अभिभावक अभिमुखीकरण


बैशाख २२, २०८०, शुक्रबार | दिउँसो ०३:२० बजे | 40


बिनायक  शिक्षामा activity based learning अभिभावक अभिमुखीकरण

बिनायक शिक्षा निकेतन इङ्गलिस सेकेन्डरी स्कुलमा पूर्व प्रावि मा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरुलाई समयानुकूल activity base learning बारे जानकारी दिने उद्देश्यले ABI consultancy संग सहकार्यमा अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ उक्त कार्यक्रममा ABI consultancy का CEO धुनिराज गिरीले आजको एक्काईसौं शताब्दीमा बालबालिका हरुलाई विश्वका नागरिक बनाउनु पर्ने भएकोले परम्परागत पठनपाठन विधिलाई परिमार्जित गरी नयाँ शिक्षा विधि activity base learning बाट बालबालिका हरुलाई पठनपाठन गर्नुपर्ने अवगत गराउनुभयो । साथै विद्यालय का प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले यसवर्षदेखि पूर्व प्रा बी तह का बालबालिकाहरुलाई पाठ्यपुस्तक को भारी नबोकाई पाठ्यक्रमको उद्देश्य अनुसार शिक्षकबाट नै आवश्यकता अनुसार शैक्षिक सामग्रीहरु तयार पारी पठनपाठन गराइने कुरा बताउनुभयो । विद्यार्थीहरुलाई विभिन्न क्रियाकलाप तथा खेलको माध्यमबाट पठनपाठन गराउँदा शिक्षा सिकाइ प्रभावकारी हुने प्रष्ट पार्नुभयो । प्रशिक्षक दुर्गा ओलीले संचालन गर्नुभएको कार्यक्रममा पूर्व प्रावि बाट करीव 150 जना अभिभावकहरुको उपस्थित रहेको र प्रदर्शनमा राखिनएको शैक्षिक सामग्रीको अवलोकन गर्नुभएको पूर्व प्रावि का संयोजक शोभा प्रजापतिले बताउनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

बिनायक  शिक्षामा activity based learning अभिभावक अभिमुखीकरण

Comments

ताजा खबर