बुद्ध बनाम श्री कृष्ण
बैशाख २२, २०८०, शुक्रबार | विहान ०२:३५ बजे | 30
२०८० सालको बैशाख २२ गते शुक्रबारका दिन बुद्ध जयन्ती र उभौली पर्व रहेछ । म उभौली पर्वको चर्चा गर्दिन। बुद्ध र श्रीकृष्णको बारेमा केही कुराहरु राख्छु । श्रीकृष्ण र बुद्धमा सत्य को थिए ? बिचार कस्को राम्रो थियो ? हुनत यी दुई ब्यक्तिमा श्रीकृष्ण मिथक हुन् प्रागैऐतिहासिक हुन् भने बुद्ध इतिहास हुन् । अन्यथा नलिनु होला ।
१) कृष्णा भन्छन्
" कर्म गर तर फलको चिन्ता नगर "
तर बुद्ध भन्छन्
" यदि कर्म गर्छौ र फल पाउदैनौ भने त्यसको कारण खोज "
यो तपाईं हामिमा निर्भर गर्छ । कुन ठिक र कुन बेठिक हो।
२) कृष्णाले भनेका छन
" सबै कुरा मेरे हाथमा छ।मेरो इच्छा बिना एउटा पत्ता पनि हल्लिदैन "
तर बुद्धले भनेका छन
" माथी ( उपरवाला / ईश्वर ) कोहि छैनन् । जिन्दगीको कर्ता-धर्ता सबै तपाई नै हो र सबै कुराहरु तपाईको हातमा छ।
३) कृष्णा भन्छन्
" दुखः सुख सबै मेरो हाथमा छ । सबैको कारण म नै हुँ । तपाईंहरु जे कर्म गर्नु ती सबै मैले चाहेर गराएको हो "
तर बुद्ध भन्छन्
" यो संसारमा दुःख छ त त्यस्को कारण छ । कारण छ त यो संसारमा त्यस कारणको निवारण पनि छ । निवारण तपाईं हाम्रो हातमा मात्र छ "
यो दुई बिचाहरु तपाइँ हाम्रो सामु छन्। तपाईं हाम्रो सामुन्ने दुवै बाटोहरु छन । यो तपाईं हामीमा निर्भर गर्छ कि तपाईं हामी कस्को विचारलाई मानेर अगाडी बढने ? म येस्मा केही पनि बोल्दिन । यो तपाईंहरुमा छोड्छु।
बुद्ध जयन्तीको अवसरमा सबैमा शुभकामना ----
धन्यवाद