काफल पाकेपछि वन नै रमाइलो


बैशाख २१, २०८०, बिहीबार | विहान ०६:३२ बजे | 5


काफल पाकेपछि वन नै रमाइलो

यो काफल फल्ने सिजन हो । पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल ले यतिबेला बच्चाहरु र  मानिस‌को मनलाई खुसी बनाइरहेको छ । बजारमा यतिबेला व्यापारीलाई पनि काफल बिक्रीले व्यस्त बनाएको छ ।
बैशाखको यस बिदामा बच्चाहरु काफल टिपी  घुम्न आउने पर्यटकलाई बिक्री गनै गर्छन् ।काफल बिक्रीमा दैनिक एक हजार आम्दानी हुने गरेको बच्चाहरु बताउँछन् । नगरकोट, तेलकोटको वनबाट काफल  टिपी बिक्री गर्न आएका बच्चाहरुले दुईदेखि तीन (डाला) काफल बिक्री गर्ने उनीहरुले बताए । काफलले नगरकोटको भूउ टावोरमा राम्रो बजार पाएको बच्चाहरूले सुनाए । काफल बिक्रीका लागि तेलकोटबाट आएका बच्चाहरु यसबाट केही खान र आफनो लागि पैसा पुगेको बताउँछन् ।
शनिवार नगरकोटमा घुम्नका‌ लागी आउने मानिसहरुले र काफल नखाई गएका हुदैनन् । शनिवार र अन्य बिदाको दिनमा बढी काफल बिक्री हुने बच्चाहरु बतांउछन ।
र बच्चाहरु निकै खुसी भएका छन् ।
काफल स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । काफल पेटका लागि निकै फाइदाजनक हुने गरेको स्वास्थ्यकर्मी कबिराम बढाथोकी बताउँछन् ।  काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गरेमा दाँतको दुखाइ निको हुने वरिष्ठ आयुर्वेद डा रामबहादुर बोहराको भनाइ छ । 

Comments