हिस्टुनको अध्यक्षमा टीकाप्रसाद न्यौपानै निर्वाचित
बैशाख २०, २०८०, बुधबार | विहान ०८:५६ बजे | 50
ललितपुर । माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) को सातौं राष्ट्रिय महाधिवेशन राजधानीमा सम्पन्न भएको छ । वैशाख १६ र १७ गते खरीबोटस्थित मण्डला हाउस पार्टी प्यालेस ललितपुरमा सम्पन्न भयो । उक्त महाधिवेशनले अध्यक्ष टीकाप्रसाद न्यौपाने र महासचिव शंकर तिवारीको नेतृत्वमा ६९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । शिक्षामन्त्री माननीय अशोक कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त महाधिवेशनमा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, शिक्षक महासंघका केन्द्रीय महासचिव लक्ष्मी किशोर सुवेदी लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु र अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सँगसँगै महाधिवेशन सम्पन्न भइसकेपछि लगत्तै बसेको नवनिर्वाचित हिस्टुन केन्द्रीय समितिको पहिलो बैठकले श्री पुष्पप्रसाद न्यौपानेको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ ।